माझीहरुले मनाउदै आएको लदी (कोशी) पुजाको सम्पूर्ण तयारी पुरा

अनिलदेव राई

दमक, १७ फागुन–नेपाल माझी उत्थान संघ झापाले लदी (कोशी) पुजाको सम्पुर्ण तयारी भएको जनाएको छ । फागुन २१ गते मंगलबार पर्ने लदी पुजाको दिन झापाका माझीहरु शिबसताक्षी–१० को दोमुखास्थित कनकाई नदीमा भेला भएर पुजा–आजसहित बृहत साँस्कृतिक कार्यक्रम गर्छन् ।

शुक्रबार, दमकमा आयोजित पत्रकार भेटघाटमा माझी उत्थान संघले पुजाको सम्पूर्ण तयारी परा भएको जनाएको हो । संघका झापा अध्यक्ष कृष्ण माझीले हस्ताक्षर गरेको प्रेष बिज्ञेप्तिमा माझी समदुायको मुख्य चाडको रुपमा लदी पुजा मनाइदै आइरहेको जनाएको छ । माझी समुदायको मौलिक पहिचानलाई उजागार गर्न लदी पुजालाई लिने गरिएको बिज्ञेप्तिमा उल्लेख गरिएको छ ।

डुङ्गा खियाएर जीवन यापन गर्ने माझीहरुले हाल यो परम्परागत पेशाबाट अन्य पेशा तथा व्यवसायमा रहीआएको बिज्ञेप्तिमा उल्लेख छ । प्राकृतिक पुजक माझी आफु बसेको आएको भुमि (माटो), पानी, बायु, बन र खोला–नदीलाई परम्परादेखी नै देबि–देवताको रुपमा पुजा गर्दै आइरहेको अध्यक्ष कृष्ण माझीले बताए । उनले लदी पुजा माझीहरु समुदायमा एउटा बिशेष उत्सवको रुपमा मनाइदै आइरहेको बताए ।

मानवको लागि पशु–पन्छी, बनस्पतीसहित माटो, हावा, पानी र नदीको सम्बन्धले मानव सृष्ट्रि सञ्चालन हुने माझी समुदायका अगुवा सन्तवीर माझीले बताए ।

पुजाको दिन औपचारिक कार्यक्रममा शिबसताक्षी नगर प्रमुख चन्द्र शेर्माको प्रमुख आतिथ्यता रहने छ । सो कार्यक्रममा माझी समुदायका तीन जना अगुवाहरुलाई सम्मानपत्रले सम्मान गरिने छ । त्यस्तैं, कार्यक्रममा माझी कलाकारहरुले मनोरञ्जनात्मक साँस्कृतिक नृत्यहरुसमेत प्रर्दशन गर्ने माझी युवा संघ झापाका सदस्य सुमन माझीले बताए ।

बिज्ञेप्तिमा भनिएको छ–माझीहरुको मुख्य अनि महान चाडको दिन सार्वजनिक बिदाको माग गरेपनि स्थानीय सरकारले वेवास्ता गरिदिएको छ । झापाका सवै स्थानीय तहमा गाउँ–नगर समितिले ज्ञापनपत्र मार्फत सार्वजनिक बिदाको माग गरेको नेपाल माझी उत्थान संघ दमक नगर सचिव बलबहादु माझीले बताए । उनले भने–माझीहरु पनि यसै भूमिको नागरिक हो तर हाम्रो चाड–पर्वको अवसरमा सार्वजनिक बिदा गर्न स्थानीय सरकार जिम्मेवार छैन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker