वडा स्तरिय भलिवल प्रतियोगिताको उपाधी वडा नं ४ लाई

१२ फागुन , कमल ÷ झापाको कमल गाउँपालिका ३ स्थित सानुकेर्खा युवा क्लवको आयोजना तथा कमल गाउँपालिका वडा नं ३ को आर्थिक सहयोगमा सन्चालित अन्तर वडा स्तरिय भलिवल प्रतियोगिता को प्रथम पुरस्कार वडा नम्बर ४ ले जितेको छ । वडाले प्रथम पुरस्कार वापत ट्रफि ,मेडल सहित नगद ११ हजार ११ सय ११ रुपैया जितेको हो ।
त्यसैगरी प्रतियोगितामा वडा नम्बर ६ ले द्वतिय स्थान हाँसिल गर्न सफल भएको छ । उसले ट्रफि मेडल सहित ५ हजार ५ सय ५५ रुपैया पाप्त गरेको आयोजकले जनाएको छ ।
विजेता टिम लाई वडा नम्बर ६ का वडा अध्यक्ष नरेन्द्र भट्टराई र वडा नम्वर ७ का वडा अध्यक्ष पृथ्विपति राई , शिक्षक कुमार खडातिवडा लगायतले शिल्ड ,प्रमाण पत्र, ट्रफि र मेडल प्रदान गर्नु भएको थियो ।

No posts found.

प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा नम्बर ४ का सुमन राई हुनुभएको थियो । भने आजको खेलको उत्कृष्ट खेलाडी वडा नम्बर ४ कै रोनिस राई हुनुभएको थियो । प्रतियोतिाका उत्कृष्ट दुबै जना खेलाडी लाई नगद सहित ट्रफि , प्रमाण पत्र र मेडल ले पुरुसकृत गरीएको थियो ।
प्रतियोगितामा आयोजक सानुकेर्खा युवा क्लव सहित आठ वटा टिम सहभागि रहेको आयोजक क्लवमा सचिव तिलोचन गौतम जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker