चुलाचुली गाउँपालिकामा हात्तिपाईले रोग सम्बन्धि अन्तरकृया

११ फागुन , कमल ÷ ईलामको चुलाचुली गाउँपालिका स्वस्थ्य शाखाको आयोजनामा आज हात्तिपाईले रोग निवारण कार्यक्रम बारे गाउँपालिका स्तरिय अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका स्तरिय हात्तिपाईले रोग निवारण सम्बन्धि विभिन्न कार्यक्रम सम्पन्न भै सकेकोले भोलि देखी गाउँपालिकाका सबै स्वस्थ्य केन्द्रमा र पर्सि देखि घरघरमा गएर स्वस्थ्य कर्मिको उपस्थितीमा औषधी खुवाईने कार्यक्रम रहेको चुलाचुली गाउँपालिका स्वस्थ्य शाखा प्रमुख बद्री बरालले जानकारी दिए ।
नेपालमा सन २००३ देखीनै यो कार्यक्रम संचालन हुदै आएकोमा रोग बाट प्रभावित ६१ जिल्लामा औषधी सेवन कार्यक्रम संचालन भई सकेको छ भने ३७ वटा जिल्लामा औषधी खुवाउने कार्यक्रम भैरहेको बरालले बताए ।
कार्यक्रममा सहभागी गाउँपालिका का जनप्रतिनिधी, दलका प्रतिनिधी , सघ सस्थाका प्रतिनिधी लाई जिल्ला जनस्वस्थ्य कार्यलयका ईलामका भेट्रोल कन्ट्रोल अधिकृत विमल बरालले सहजीकरण गरेका थिए ।
२०७५ साल फागुन १५ गते प्रदेश नम्वर १ का ५ वटा जिल्ला अन्तरगत झापा, ईलाम, मोरङ्ग, धनकुटा मा २ वर्ष देखी माथिका सम्पुर्ण व्यक्ति लाई यो औषधी खुवाईने चुलाचुली गाउँपालिका का स्वस्थ्य शाखा प्रमुख बद्री बरालले जानकारी दिए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker