दोस्रो हाफमा तीन गोल, चेल्सीले माल्मो एफएफलाई ३–० ले हराउँदै समग्रमा ५–१ को जितसहित अन्तिम १६ मा स्थान पक्का

चेल्सी युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम ३२ को दोस्रो लेग अन्तर्गत बिहीबार राति भएको खेलमा चेल्सीले माल्मो एफएफलाई ३–० ले हराउँदै समग्रमा ५–१ को जितसहित अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

पहिलो लेगमा चेल्सी २–१ ले विजयी भएको थियो । घरेलु मैदानमा भएको दोस्रो लेगमा चेल्सीको जितमा ओलिभर जिरउड, रोस बार्क्ली, हडसन–ओडोइले गोल गरे । पहिलो हाफमा गोलरहित भएको खेलमा दोस्रो हाफमा चेल्सीले तीन गोल गरेको हो ।

दोस्रो हाफमा माल्मो १० खेलाडीमा सीमित भयो । ७३ औँ मिनेटमा बेङ्गट्सन दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसअघि चेल्सीका लागि ५५ औँ मिनेटमा जिरउडले गोल गरेका थिए । ७४ औँ मिनेटमा बार्क्ली र ८४ औँ मिनेटमा हडसनले गोल गरेपछि चेल्सी ३–० ले विजयी भयो ।

बिहीबार राति नै भएको अर्को खेलमा बाते बोरिसोभलाई ३–० ले हराएको आर्सनल समग्रमा ३–१ को जितसहित अन्तिम १६ मा पुगेको छ । पहिलो लेगमा १–० ले पराजित भएको आर्सनलले घरेलु मैदानमा भएको दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गरेको हो ।

अर्को खेलमा भ्यालेन्सियाले सेल्टिकलाई १–० ले हराउँदै समग्रमा ३–० को जितसहित अन्तिम १६ मा स्थान बनाएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker