प्रदेशको नाम नदि र हिमाल को नाम बाट राखिनु पर्ने

उमानाथ भण्डारी

कमल, ७ फागुन÷ नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर जगमान गुरुङ्गले एक नम्बर प्रदेशको नाम कोशि राख्नुपर्ने बताउनु भएको छ ।
झापाको कमल गाउँपालिकाले आज प्रजातन्त्र दिवस २०७५को अवसर पारि वडा नम्वर ३ सानो केर्खा स्थित प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रमा आयोजना गरेको वृहत वाल्मिकी साहित्य सभा कार्यक्रमका प्रमुख अतिथी गुरुङ्गले एक नम्वर प्रदेशकोनाम काशी का साथै सात वटै प्रदेशको नाम नदि र हिमाल को नाम बाट राख्नु पर्ने बताउनु भयो ।
वहाँका अनुसार दुई नम्बर प्रदेशकोनाम मिथीला , तिनको बागमती, चारको गण्डकी, पाँचको लुम्विनी, छ को कर्णालि र सातको सेती हुनेपर्ने बताउनु भयो ।
त्यसैगरीगरी नेपाल सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानको भवन मर्मत गर्न २० करोड दिएको तर भवन निर्माणले मात्र सबै पुरा नहुने भएकोले अव मेघा रिसर्च प्रोजेक्टका लागी ५ करोड राज्य सग माग गरेको समेत उपकुलपति गुरुङ्गले जानकारी दिदै यदि राज्यले नदिए जनता बाट उठाएर भएपनि काम पुरागरेरै छोड्ने बताउनु भयो ।


साथै सोहि कार्यक्रमको अवसरमा भानुभक्त कुभिन्डेलीका दुईवटा कृति जागिरभित्रका व्यथा कविता संग्रहर र संस्मरणकाक्षण प्रमुख अतिथी गुरुङ्गले विमोचन गर्नु भएको थियो ।
त्यसैगरी कार्यक्रमका विषेश अतिथी प्रध्यापक डाक्टर देवि नेपालले वाल्मिकीको जिवनी का बारेमा जानकारी गराउदै चुरेपहाडको तपोभुमी मा बसेको समयमा वाल्मिकीले रामयण लेखेको बताउदै यस क्षेत्र लाई वाल्मिकी आश्रमको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रध्यापक डाक्टर टंक न्यौपाने,भिम खतिवडा दमक नगरपालिका का मेयर रोमनाथ ओली, शिवसाती नगरपालिका प्रमुख चन्द्र कुमार सेर्मा, प्रगतिसिल लेखक संघ झापाका अध्यक्ष राजेन्द्र संग्रौला, मोरङ्गका अध्यक्ष अमृत आचार्य तथा साहित्यकार कोमल प्रसाद पोख्रेल, गण्डकी पुत्र, सुभद्रा अर्याल लगायत झापा, मोरङ्ग, सुनसरीर ईलामका तिन दर्जन भन्दा बढी साहित्यकार ले आ आफ्नो गजल, कविता वाचन गरेको प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रका सचिव मधुसुधन अधिकारीले जानकारी दिनुभयो ।


कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष वेनुसिवाकोटीले स्वगत मन्तव्य राख्नुभएको थियोभने प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रमाका अध्यक्ष चक्र गुरुङ्गले वाल्मिकीको पृष्ठभुमी का साथै गतिविधीका बारेमा जानकारी गराउनु भएको थियो ।

k

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker