उत्कृष्ट संचारगृह तथा सहकारी अभियान्तालाई सम्मान गर्दै नवोदयको २३ औं वार्षिक साधारणसभा सम्पन्न

उमानाथ भण्डारी

No posts found.

कमल ,मंसिर ५÷ उत्कृष्ट संचारगृह तथा सहकारी अभियान्तालाई सम्मान गर्दै नवोदयको बहुउद्देश्यीय सहकारी सस्था लिमीटेडको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाका अवसरमा सस्थाले उतकृष्ट संचारगृह अन्तरगत गौरादह नगरपालिका स्थित एफ.एम प्लस प्राली लाई सम्मानपत्र सहित नगद ७ हजार ५०० सय रुपैयाले सम्मान गरिएको थियो भने उत्कृष्ट सहकारी अभियान्ता अन्तरगत गणेश प्रसाद बस्नेत (मरणोपरान्त ) उत्कृष्ट सहकारी कर्मि अभियान्ता अन्तगत खड्ग कुमारी बस्नेत लाई सम्मानपत्र र नगद २१ हजार १११ रुपैया द्वारा सम्मान गरिएको थियो ।
त्यसैगरी सस्थाले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी ,उत्कृष्ट कर्मचारी गरी दर्जनौ बढीलाई समेत पुरस्कृत गरेको सस्थाले जनाएको छ ।

This image has an empty alt attribute; its file name is d-1024x683.jpg


२०५५ सालमा २७ जना व्याक्ति बाट १३ हजार ५०० रुपैया बाट भाडाको घर बाट सूरु गरेको सहकारीले २३ औं वार्षिक साधारणसभा सम्म आईपुग्दा ४ करोड ८० लाख ५६ हजार १७७ रुपैया खुद नाफा गरेको सस्थाका अध्यक्ष शरण कुमार पराजुलीले प्रस्तुत गरेको प्रतिवेदनमा जनाईएको छ ।
त्यसैगरी सस्थाले चालु आर्थिक वर्षमा २१ करोड ५५ लाख १८ हजार ७ सय रुपैया नाफा गर्ने लक्ष लिएको सस्थाका व्यावस्थापक फणिन्द्र बहादुर कार्किले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

This image has an empty alt attribute; its file name is a-1024x683.jpg


गाउँपालिकाले सन्चालन गरेको व्यवसाय प्रबर्धन कोषमा आवद्ध भएर सहकारीले विभिन्न कार्यक्रम सँचालन गर्न आवश्यक रहेको र त्यसकालागी गाउँपालिकाको तर्फ बाट सहयोग गर्ने प्रमुख अतिथी मेनुका काफ्लेले बताउनु भयो । त्यसैगरी यति धेरै महिला सदस्य भएको सहकारीले महिलाहरकालागी विषेश कार्यक्रम सन्चालन गर्न समेत प्रमुख अतिथी काफ्लेले सुझाव दिनुभयो ।

This image has an empty alt attribute; its file name is q-1-1024x768.jpg


कार्यक्रममा पुर्वनेपाल बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष प्रेम सापकोटा, तो्पगाछी खानेपानी तथा सरसफाई उपभोक्ता समिती स्कीम नम्वर एकका उपाध्यक्ष रामचन्द्र बराल, कमल गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष डम्वर बहादुर निरौला, लगाएतले शाधारणसभा सफलताको शुभकामन दिनुभएको थियो ।
सस्थाका उपाध्यक्ष बलराम गजुरेलले सन्चालन गर्नु भएको कार्यक्रममा सन्चालक सदस्य खगेन्द्र बारकोटीले स्वगत मन्तव्य राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker