नवोदयको नाफा ४ करोड रुपैया भन्दा बढी

उमानाथ भण्डारी

No posts found.

कमल ,कात्तिक २८÷ श्री नवोदय बहुउद्देश्यीय सहकारी सस्था लिमीटेडको गत आर्थिक वर्ष २०७८ ÷०७८ मा ४ करोड रुपैया भन्दा वढी खुद नाफा गरेको छ ।
कमल गाउँपालिका ३ केर्खामा मुख्य कार्यलय रहेको रहकारीले गत आर्थिक वर्षमा ४ करोड ८० लाख ५६ हजार १७७ रुपैया खुद नाफा गरेको छ ।
सस्थाका व्यावस्थापक फणिन्द्र बहादुर कार्किले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिए अनुसार सस्थाले चालु आर्थिक वर्षमा २१ करोड ५५ लाख १८ हजार ७ सय रुपैया नाफा गर्ने लक्ष लिएको छ ।
सस्थाले आगामी मंसिर ५ गते सम्पन्न गर्ने २३ औं वार्षिक साधारणमाका लागी शाखागत शाधारणसभा गर्ने क्रममा आज मुख्य कार्यलय केर्खाको साधारणसभा सम्पन्न गरेको छ ।

This image has an empty alt attribute; its file name is d45-1024x768.jpg


२०५५ सालमा २७ जना व्याक्ति बाट १३ हजार ५०० रुपैया बाट भाडाको घर बाट सूरु गरेको सहकारील आज याँहा सम्म आईपुग्दा ३ कठ्ठा ११ धुर जमिन सहत चार तले पक्कि भवन बाट सस्थाको मुख्य कार्यलय सन्चालनमा रहेको छ भने सस्थामा १६ हजार ३८ जना सदस्य थपिएका छन् भने शेयर पुँजी १२ करोड १३ लाख १५ हजार ७०० रुपैया पुगेको अध्यक्ष शरण कुमार पराजुलीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साधारणसभा कार्यक्रमा कमल गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष नरप्रसाद दंगाल,सल्लाकार समितीका संयोजक दिलिप कुमार चापागाई, सस्थापक सदस्य लैन बहादुर पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने सस्थाका उपाध्यक्ष बलराम गजुरेलले सन्चालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker