साहारा नेपाल साकोसको प्रतिवेदन सार्वजनिक

उमानाथ भण्डारी

No posts found.

कमल ,कात्तिक २५÷ साहारा नेपाल साकोसले आज पत्रकार सम्मेलनगरी प्रतिवेदन सार्वजनिक गरेको छ ।
सस्थाले यहि कात्तिक २७ गते हुने २५ र्औ वार्षिक साधारणसभामा प्रस्तुत गर्नकालागी तयार गरिएको प्रतवेदन लघुवित्तमा आवद्ध महिला सदस्य हातबाट सार्वजनिक गरेको हो ।
विश्वव्यपी रुपमा फैलिएको कोभिड १९ का कारण सबै सदस्यलाई वोलाएर एकै साधारणसभा गर्न सम्भव नभएका कारण प्रदेश सहकारी रजिष्ट्रारकोे कार्यालय इटहरीको निर्देशन बमोजिम ९० स्थानमा एकाई भेला सम्पन्न गर्दै प्रतिनिधि मुलक ढंगबाट सदस्यहरुलाई अन्तिम साधारण सभामा सहभागिता गराईने सस्थाले जनाएको छ ।

साकोसले यसै वर्ष सदस्य संरक्षण सिद्धान्त राम्रो संग पालना गरे वापत क्ःब्च्त् ऋब्ःएब्क्ष्न्ल् ल्भ्त्ध्इच्प् ले प्रदान गर्ने विश्व स्तरको मान्यता प्राप्त स्मार्ट सर्टिफिकेशन समेत प्राप्त गर्न सफल भएको पत्रकार सममेलनमा जानकारी गराईएको थियो ।
ड्ड
२०५२ सालमा स्थापना भएको साकोसमको २५ र्औ साधारणसभा सम्म आई पुग्दा १ लाख ५० हजार ३५४ जना सदस्य सस्थामा आवद्ध छन् । प्रदेश नम्वर १ का ११ जिल्लामा ८० स्थानमा कार्यक्षेत्र बनाई कारोवार गर्दै आएको साकोसको करिव १३ अर्व वित्तिय कारोवार रहेको छ ।

कोभिडको यस्तो जटिल परिस्थितिमा समेत सस्थाले ४५ करोड १२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । प्रस विज्ञप्तिमा उल्लेख गरिएको छ । सस्थाको कारोवारलाई यसै आर्थिक वर्ष बाट थप प्रविधी मैत्री बनाउदै सदस्यको सहजताकालागी ए.टी.एम.सेवा पनि संचालनमा ल्याउन लागीएको सचिव महेन्द्र गिरीले जानकारी दिनुभयो

आर्थिक कारोवारका साथसाथै संस्थाले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन शुरु गर्ने नीति समेत लिएको छ । जस अनुरुप अल्पसंख्यक अति बिपन्न परिवारका सदस्यका छोरा छोरी (संन्थाल, मुसहर, लेप्चा, किसान)लाई डाक्टर९ःद्यद्यक्० अध्ययनको लागि १० जनालाई सहयोग पुर्याउने समेत गिरीले जानकारी दिनुभयो ।
गत वर्ष जस्तै यस वर्ष पनि सस्थाका सदस्य कोभिड पोजेटिभ भएका सदस्यहरुलाई होम आईसोलेसनमा बस्दा औषधि वापत रु सात हजार र अस्पताल भर्ना भई उपचार गराउनु परेमा तिन लाख रुपैया सम्म उपचार सहयोग लाई निरन्तरता बताईएको छ ।

संस्था बाट कर्जा लिएर व्यवसायिक पशुपालन गर्दै आएका सदस्यको भैंसी तथा गाई सुत्केरी भएमा सुत्केरी भत्ता वापत एक हजार रुपैया उपलब्ध गराईने सस्थाले जनाएको छ ।
कार्यक्रम सस्थाका कार्यवाहक अध्यक्ष हरि प्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित सहभागी लाई उपाध्यक्ष उपेन्द्र प्रसाद ओलोले शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो भने मात्रिका सुवेदीले सन्चालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker