सुनचाँदी ब्यवसायी संघ दमकको पद हस्तान्तरण तथा शपथ ग्रहण

मनकुमार गदाल

No posts found.

असोज १७ । सुनचाँदी ब्यवसायी संघ दमकले एक कार्यक्रमको आयोजना गरेर पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ ।
दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा भएको कार्यक्रममा संघको छैठौं अधिवेशनबाट सर्वसम्मत चयन भएको कार्यसमितिको पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको हो । शनिवार साँझ भएको संघको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष काँशी खाती विश्वकर्मालाई निर्वाचन समितिका संयोजक भरत खातीले शपथ गराएपछि पद हस्तान्तरण कार्यक्रम गरिएको थियो । निर्वतमान अध्यक्ष शेर बहादुर गजमेरले नवनिर्वाचित अध्यक्ष खातीलाई अध्यक्ष पद हस्तान्तरण गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथि सुनचाँदी ब्यवसायी महासंघका केन्दीय सदस्य टिका लामगादेले सुन चाँदी ब्यवसायीका समस्या र मुद्धालाई प्राथमिकता दिएर काम गर्नु पर्ने बताउनु भयो । कार्यक्रमका विशेष अतिथि मेची भन्सार कार्यालय काकरभिटाका प्रमुख ध्रुव विश्वकर्माले सदस्यहरुलाई सन्तुलित ब्यवहार गरेर उनीहरुकोे मन जित्न अनुरोध गर्नु भयो ।


नव निर्वाचित अध्यक्ष खातीले बोल्दै सुनचाँदी ब्यवसायी सदस्यहरुको आशा र अपेक्षा अनुसार काम गर्ने बताउनु भयो । आफनो कार्यकाल भरि सदस्यहरुको हरेक समस्या र गुनासो सम्वोधन गर्न लागि पर्ने अध्यक्ष खातीले प्रतिवद्धता ब्यक्त गर्नु भयो । कार्यक्रममा अतिथिहरु दमक उधोग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, लायन्स क्लवका नेता अजय अग्रवाल , दमक जेसीजका नेता सुयोग खरेल लगायतले अध्यक्ष खातीको नेतृत्वले निर्वतमान अध्यक्षको भन्दा राम्रो काम गरेर देखाउनु पर्ने चुनौती र अवसर रहेकोमा जोड्दिनु भएको छ ।
गत असोज ८ गते भएको अधिवेशनबाट अध्यक्षमा खाती , उपाध्यक्षमा पुष्प शंकर , सचिवमा चन्द्र गजमेर , सहसचिवमा उमेश गजमेर र कोषध्यक्षमा हेमसागर अधिकारी सर्वसम्मत चयन हुनभएको निर्वाचन समिति सदस्य रुवल अधिकारीले जानकारी दिनु भयो । सदस्यहरुमा जीत बहादुर विश्वकर्मा , विवेक लामगादे,रेहित विश्वकर्मा ,अजित शंकर ,नन्दबीर ल्वागुन ,रुपक सापकोटा,विश्वनाथ नेपाल र सुष्मा निरौला चयन भएको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker