उद्यमशील महिला जागरण केन्द्रको तेश्रो साधारणसभा सम्पन्न अध्यक्षमा पुन ः शान्ता

उमानाथ भण्डारी

No posts found.

कमल , असोज १६÷ झापाको कमल गाउँपालिका ३ स्थित उद्यमशील महिला जागरण केन्द्रले आज एक कार्यक्रम बिच तेश्रो साधारणसभा सम्पन्न गरेको छ ।
“सिप सिकौं, उद्यमी बनौं” भन्ने नाराका साथ सस्थाले विभिन्न कार्यक्रमका साथ तेश्रो साधारणसभा तथा आगामी कार्यकालकालागी नयाँ समिती समेत चयन गरेको छ ।


सस्थाले गाउँमा रहेका धेरै महिलालाई विभिन्न सिप र प्रविधिको माध्यम बाट स्वरोजगार बनाएकोमा आफुलाई खुशी लागेको छ । आफुभित्र ईच्छाशक्ति भए सिप सिक्न उमेर समुहले नछेक्ने बताउदै आफुले सिकेको सिपलाई व्यवहारमा प्रयोग गर्न कार्यक्रमका प्रमुख अतिथी कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले सुझाव दिनुयो ।

This image has an empty alt attribute; its file name is 234-1-1024x472.jpg


सोहि कार्यक्रमको अवसरमा सस्थाका कानुनी सल्लाहकार विमल संग्रौला र सस्थालाई विशेष योगदान पुर्याउने बन्दना झाँगरलाई सम्मान गरिएको थियो । त्यसैगरी सस्था द्वारा संन्चालीत विभिन्न तालिमा सहभागीलाई प्रमाणपत्र वितरण गर्नुका साथै सस्थाको आजिवन सदस्यता प्राप्तगर्नुहुने सदस्यलाई आजिवन सदस्यताको प्रमाणपत्र समेत प्रदानगरिएको थियो ।

This image has an empty alt attribute; its file name is vg-1024x472.jpg


सस्थाले सस्थाकी अध्यक्ष शान्ता दाहाल (उप्रेती) को अध्यक्षामा भएको कार्यक्रममा विषेश अतिथी ३ नम्वर वडा अध्यक्ष नरप्रसाद दंगाल, बालमैत्री अभियानका सहजकर्ता सुमन ढकाल, कमलनगर जेसीजका अध्यक्ष छत्रपती खनाल, लायन क्लव अफ केर्खाका अध्यक्ष देबी प्राद दाहाल, महिला तथा बालबालीका शाखा प्रमुख रेनुका गौतम लगायतले सस्थाले समाज रुपानतरणमा गरेको कामको प्रशंसा गर्दै नव गठीत कार्यसमितीलाई कार्यकाल सफलताको बधाई तथा शुभकामना दिनुभएको थियो । कार्यक्रम सस्थाकी सचिव गौरी राईले सन्चालन गर्नु भएको थियो भने कोषाध्यक्ष सिता राईले शाब्दिक शाब्द द्वारा शुभकामना दिनुभएको थियो ।

उद्यमशीलमा पुन ः शान्ता
उद्यमशील महिला जागरण केन्द्रको शनिवार सम्पन्न तेश्रो साधारणले आगामी कार्यकालकालागी पुन अध्यक्षमा शान्ता दाहाल(उप्रेती) लाई अध्यक्षतामा निर्वाचित गरेको छ । त्यसैगरी उपाध्यक्ष गोमा तिवारी, सचिव सिता राई शेर्पा, सह सचिव नन्दकुमारी लिम्बु, कोषाध्यक्ष बेदमाया वाग्ले, सदस्य विष्णु आचार्य( गौतम), हिमा ढुङ्गेल(पौडेल) चन्द्रा नेपाली, हुमा बाँस्तोला (दाहाल) चयनहुनु भएको निर्वाचित समितीका संयोजक अग्निप्रसाद कोईरालाले जानकारी दिनुभयो ।
त्यसैगरी लेखासमितीको संयोजकमा मेनुका सापकोटा तथा सदस्यमा अमृता लामा र हरीमया खतिवडा (घिमिरे) चयन हुनुभएको संयोजक कोईरालाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker