जेष्ठ नागरीसंगको ज्ञान,सिप र प्रविधीलाई पुस्ता हस्तान्तरण गर्न आवश्यक

उमानाथ भण्डारी

No posts found.

कमल , असोज १५÷ ३१ औं अन्तराष्ट्रिय जेष्ठ नागरीक दिवश २०७८ का अवसरमा आज झापाको कमल गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
गाउँपालिकामा भएका ७० वर्ष भन्दा माथिका ३५ जना जेष्ठ नागरीकलाई एक कार्यक्रमका बिच खादा ओडाएर छाता र लौरो द्वारा सम्मान गरिएको थियो ।
जेष्ठ नागरीकले समाजीक परिवर्तन र देशको उन्नतीका लागी विभिन्न ठाउँमा रहेर धेरैकाम गर्नु भएको छ । आफ्नो क्षमताले भ्याए सम्म राष्ट्र निर्माणका लागी याहाँहरुको ठुलो योगदान छ । वहाँहरुको योगदानलाई हामिले सधै सम्मान गर्नुपर्छ ।

This image has an empty alt attribute; its file name is y7-1024x472.jpg


विभिन्न क्षेत्रमा जेष्ठ नागरिकले गरेको योगदान र अनुभवका कारण नै आज हामी यो अवस्थान आएका छौ । जेष्ठ नागरीसंग भएको ज्ञान, सिप , प्रविधी र अनुभवलाई पुस्ता हस्तान्तरण गर्न आवश्यक रहेको कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले बताउनु भयो ।
गाउँपालिका लगायत विभिन्न सामाजिक संघ सस्थाले जेष्ठ जागरकिलाई सम्मान गरिरहँदा तिनै जेष्ठ नागरिक आफ्नै परिवार बाट तिरस्कृत हुनु परेकोले अझै पनि समाज रुपान्तरणहुन बाँकी रहेको छ । समाजलाई कमजोर पार्ने खालका विभिन्न कृयाकलाप भएका छन् ।हामि हाम्रो धर्म संस्कृति विर्सदै छौ र पश्चिमा संस्कृती मौलाउदै गएको छ । हामिले हाम्रा अग्रजले गरेको योगदानका साथै सस्कार संस्कृत कहिलै भुल्नुनहुने सम्मानित व्याक्तित्व पुर्णानन्द दाहाल बताउनुहुन्छ ।

This image has an empty alt attribute; its file name is ty-1024x472.jpg


हिजोको दिनमा विभिन्न क्षेत्रमा काम गरेर सेवा नेवृत भएर समाज परिवर्तनमा लाग्नु भएका जेष्ठ नागरिक संग धेरै अनुभव छ । त्यो अनुभवलाई अहिलेका पुस्ताले ग्रहण गर्दै अगाडी बढ्न आवश्यक छ । समाज परिवर्तनकालागी जेष्ठ नगरिकले गरेको योगदानको सधै कदर गर्नुपर्ने अर्का सम्मानित व्याक्ति प्रेम बहादुर राई बताउनुहुन्छ । आज हामि जाहाँ छौ त्यो हाम्रा अविभावकको योगदानका कारण छौ । वहाँहरुले देखाएको सहिमार्गका कारण मात्र यो सम्मव भएको कार्यक्रमका सहभागीले बताउनु भयो ।
कमल गाउँपालिका कार्यपालिका सदस्य तथा कार्यवाहक अध्यक्ष सिता निरौलाको अध्यक्षतामा भएको कार्यक्रमलाई रविन गौतमले सन्चालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker