कमल गाउँपालिकाले वालमैत्री स्थानिय शासनयुक्त स्थानिय तह घोषणा कार्यक्रमलाई तिव्रता दिदै

कमल, असोज ७÷ झापाको कमल गाउँपालिकाले वालमैत्री स्थानिय शासनयुक्त स्थानिय तहका रुपमा घोषणा अभियानलाई तिव्रता दिएको छ ।
“खुशी राखँै बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार ” भन्ने नाराका साथ आगामी फागुन मसान्त सम्ममा गाउँपालिकालाई वालमैत्री स्थानिय शासनयुक्त स्थानिय तहका रुपमा घोषण गर्ने कार्यक्रमलाई तिव्रताका साथ अगाडी बढाएको छ ।
बालमैत्री गाउँपालिका घोषणा गर्नकालागी आवश्य पर्ने ५१ वटा सुचक मध्ये ११ वटा सुचक पुरा भएका छन् भने अन्य धेरै सुचकको नजिक पुगेका छौ ।सबै मिलेर कार्यक्रमलाई निरन्तता दिदै छौ र फागुन मसान्त सम्ममा वाल मैत्री घोषणा गर्न सकिने कमल गाउाँपलिका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो ।

No posts found.
This image has an empty alt attribute; its file name is we-1-1024x472.jpg


यसैगरी सबैभन्दा पहिले बालमैत्री वडा घोषणा गर्ने वडालाई विकास बजेट बाट १० लाख रुपैया र सबै भन्दा पहिले बालमैत्री घोषणा गर्ने सामुदायीक विध्यालय अन्तरगत पहिलो हुनेलाई १ लाख ५० हजार दोश्रोलाई एक लाख र तेश्रोलाई ५० हजार रुपैया बाट प्रोत्साहन स्वरुप नगद प्रदान गरिने अध्यक्ष काफ्लेले बताउनु भयो ।गाउँपालिकालाई वालमैत्री स्थानिय शासनयुक्त स्थानिय तह घोषणा कार्यक्रममा सहजकर्ता सुमन ढकालले सहजी करण गर्दैहुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker