कमलका निर्वाचित महिला जानप्रतिनिधीलाई क्षमता अभिवृद्धीे तालिम

उमानाथ भण्डारी

No posts found.

कमल , असोज १ कमल गाउँपालिकाका निर्वाचित महिला जानप्रतिनिधीको क्षमता अभिवृद्धी सम्वन्धि तालिम सम्पन्न भएको छ ।
महिला नेतृत्व कार्यक्रम अन्तर्गत सि लिड्स द्वारा कमल गाउँपालिकाका महिला जानप्रतिनिधी लाई प्रारम्भिक प्रशिक्षण मोड्युल २ अन्तर्गतको तलिम प्रदान गरिएको हो ।
तालिमा सहमागी महिला जनप्रतिनिधलिाइ बैठकको योजना र व्यवस्थापन,तथ्यङ्क अध्यावधिक र व्यवस्थापन,सक्रिय सुनवाई ,सञ्चालिकरण ,वार्ता,स्थानिय सरकारको योजना कार्यान्वयन र अनुगमन प्रक्रिया र सरोकारवाला संग सहकार्य लगायतका विषयमा सहजकर्ता सोमराज ढकाल, नविना सापकोटा र सम्झन पोख्रेललगायतले सहजीकरण गर्नुभएको थियो ।


तालिमले अत्यन्तै ठुलो सहयोग पुर्याएको छ । बजेट कसरी बनाउने, कुन कार्यक्रमलाई प्राथमिकता , बजेट विनीयोजन , कुन कार्यक्रमले अधितम फाईदा पुग्छ जस्ता महत्वपुर्ण विषय तालिम बाट ज्ञान लिएको १ नम्वर वडाकी महिला वडा सदस्य शारदा पौडेलले बताउनु भयो ।
हाम्रो समयावधी अन्तिम वर्ष भएपनि तालिमले हामिलाई धेरै उर्जा थपिदिएको छ । सूरुमै यस्तो तालिम पाएको भए हामिलाई धेरै सहयोग पुग्ने ६ नम्वर वडाकी महिला सदस्य गंगा राई बताउनुहुन्छ ।

संघियता सगै हामि पहिलो जनप्रतिनिधी भएकोले हामि ठुलो जंगल भित्र छौ , त्यो जंगल भित्र पातपतिङ्गर पन्साउदै संघियतालाई संस्थागत गर्न गोरेटो निर्माण गर्दै छौ । अहिले पनि कतिवटा कानुन वाजिएकोले गर्दा कार्यन्वयन गर्न सकेका छैनौ ।
तपाईहरुले महत्व पुर्ण तालिम लिनु भएको छ यसलाई व्यवहारमा प्रयोग गर्नुहोस , भोली पुन विर्नाचित भएर आउनेलाई पनि तालिमले सहयोग गर्ने छ भने । समाज रुपानतरणमा पनि यो तालिमले ठुलो मद्दत पुग्ने कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो

संस्थाले सन २०२० को सूरुवात देखि झापा जिल्लाका ६ वटा स्थानीय तह जस अन्तर्गत वुद्धशान्ति, अर्जुनधारा, विर्तामोड, शिवसत्ताक्षी , दमक नगरपालिका र कमल गाउँपालिकमा गत निर्वाचनमा आरक्षण कोटा तथा महिला खुल्ला वाट विजयी भएका महिलाहरुलाई चरण वद्ध रुमा नेतृत्व विकासको तालिम दिईरहेको छ ।
विभिन्न मडुल ( मोडूलय १, २, ३ र ४ गरि ४ दिनका दरले तालिम योजना गरिएअनुसार पहिलो मोडुल को तालिम पछि कोरोनाका कारणले भौतिक रुपमा जम्माहुन नस्कदा रोकिएको तालिम सन्चलन भएसगै दोस्रो पटकको तालिम सूरु भएको आयोजक सस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker