वर्क फर नेपालले सुरु गर्यौ आफ्ना रोकिएका तालिम कार्यक्रम

कमल भदौ २८÷ कोभिड १९ को दोस्रो लहरको प्रकोप सामान्य भए सगै वर्क फर नेपालले आफ्ना रोकिएका कार्यक्रमलाई पुन सन्चालनमा ल्याएको छ ।
कोभिड १९ को दोस्रो लहरको प्रकोप न्युन भई सार्वजनिक जीवन खुकुलो भए सँगै कमल गाउँपालिकामा कार्यालय रहेको सामाजिक संस्था वर्क फर नेपालले आफ्ना रोकिएका विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ भने केहि नयाँ तालिमहरु सन्चालन समेत गरेको छ ।
हेल्पिङ्ग हेण्ड फर रिलिफ एण्ड डेभलपमेण्ट नामक अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाको आर्थिक सहयोगमा झापाका विभिन्न विद्यालयहरुमा खानेपानी शुद्धिकरण गर्ने फिल्टर प्लाण्टहरु हस्तान्तरण गरीएको छ । जस अन्तर्गत गौरीगञ्ज गाउँपालिका वडा नं. ६ स्थित खजुरगाछि मा. वि र झापा गाउँपालिका वडा नं. ५ स्थित मदरसा मिसबाहुल उलुममा गरी ट्रिटमेण्ट प्लाण्ट र गौरीगञ्जकै राष्ट्रिय प्रा. वि., जनता वालविकास प्रा.वि., भगवती प्रा. वि., गौरादहको मस्जिद विलाल, कनकाई न. पा. को देवकोटा प्रा. वि.समेतमा गरी दुई ओटा ट्रिटमेण्ट प्लाण्ट र पाँच ओटा बायोस्याण्ड फिल्टर जडान गरी हस्तान्तरण गरीएको वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीले बताउनुभयो ।
यसैगरी हेल्पिङ्ग हेण्डकै आर्थिक सहयोगमा झापाको कमल गाउँपालिकाका सञ्चालन गरीएको ढाका बुनाई सम्बन्धि तीन महिने तालिम र गौरीगञ्ज गाउँपालिकामा सञ्चालन गरीएको टेलरिङ्ग तथा एसी फ्रीज मेकानिक सम्बन्धि ३ महिने तालिमको समापन तथा प्रमाण पत्र वितरण कार्यक्रम समेत सम्पन्न गर्दै आगामी कार्यक्रमका रुपमा दमक नगरपालिकाको समन्वयमा दमक नगरपालिकामा ढाका बुनाई र टेलरिङ्ग सम्बन्धि तीन महिने तालिमको उद्घाटन समेत गरीएको छ भने विर्तामोड नगरपालिकामा एसी फ्रीज मेकानिक र ईलेक्ट्रीकल्स एप्लाएन्सेस तालिम सञ्चालन गर्ने तयारी भईरहेको अध्यक्ष अधिकारीले बताउनुभयो । उक्त तालिमको प्राविधिक पक्ष झापा प्राविधिक शिक्षालयले जिम्मा लिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker