शिवसताक्षीमा तीन लायन्स क्लबको पद हस्तान्तरण

कमल, भदौ १७ । झापाको शिवसताक्षीमा तीन वटा लाइन्स क्लबको पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

No posts found.

शिवसताक्षीको झिलझिले स्थित वाटर किङ्डम पार्कमा एक कार्यक्रमको आयोजना गरी झापाका तीन लायन्स क्लबको पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

लायन्स क्लब अफ केर्खा,लायन्स क्लब अफ शिवसताक्षी, र लायन्स क्लब अफ गौरादहको एउटै कार्यक्रममा पदहस्तान्तरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक गर्भनर रेवत बहादुर कार्कीले वर्ष २०२१÷०२२ का लागि लायन्स क्लब अफ केर्खाका अध्यक्ष देवेन्द्र दाहाल, लायन्स क्लब शिवसताक्षीका अध्यक्ष चन्द्रप्रसाद खनाल, र लायन्स क्लब अफ गौरादहका अध्यक्ष प्रकाश कार्कीलाई ब्याज तथा प्रमाण – पत्र प्रदान गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is u-1024x768.jpg

प्रमुख अतिथि कार्कीले कार्यक्रममा सहभागी लाइन्स क्लबहरुले समाज रुपान्तरणका लागि गरेका कामहरुको प्रशंसा समेत गर्नुभएको थियो ।
उनले लायन्स क्लबको औचित्य र यसले समाज रुपान्तरणमा पु¥याएको योगदानको चर्चा गर्दै शिवसताक्षी लायन्स क्लबका नयाँ सदस्य र लियो क्लब केर्खाका सदस्यहरुलाई स्वागत सहित व्याज वितरण गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is 8-1024x768.jpg

कार्यक्रममा समाज रुपान्तरणका लागि सहयोगी बन्दै भावी सन्ततीको उज्ज्वल भविष्यका लागि लायन्स क्लबमा आबद्ध हुन समेत आवहन गरिएको थियो भने कार्यक्रम लायन्स क्लब अफ शिवसताक्षीका वर्ष २०२० ÷०२१ का अध्यक्ष अग्नीप्रसाद दुलालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker