जंगली हात्तीको बथानले स्थानियको घर भत्काउनुका साथै बालीनालीमा क्षति

उमानाथ भण्डारी

No posts found.

कमल , साउन १५÷जंगली हात्तीको बथानले स्थानियको घर भत्काएर घरमा भएको अन्नपात खानुकासाथै साथै बालीनालीमा समेत क्षति पुर्याएको छ ।
हात्तीको बथानले जिल्लाका विभिन्न ठाउँमा एक साता यता लगातार स्थानियको घर भत्काएर घरमा रहेको अन्नपात खानुका साथै साथै बालीनालीमा समेत क्षति पुर्याउदै आएको छ ।
हात्तीले कमल गाउँपालिका, शिवसतासी तथा दमक नगरपालिकाका बिभिन्न स्थानमा हात्तीको बथानले घर भत्काउनुका साथै बालीनालीमा क्षति गर्दै आएको छ ।

This image has an empty alt attribute; its file name is 5f-1024x472.jpg


बिहीबार राती १२ तिर कमल गाउँपालिका ४ स्थित अमलडाँगीमा तीनवटा जंगली हात्तीले रघुनाथ पौडेलको घरमा मुनी रहेको धान मिलको पर्खाल भत्काएको छ । पर्खाल भत्काएर मिलमा कुट्न ल्याइएको १५ मन धान खाएको पौडेलले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is e-1024x472.jpg


यस्तै सो हात्तीको समुहले आसपासमा रहेको राम पौडेलको १० कठ्ठा जग्गामा रोपिएको धान खाएर नष्ट गरिदिएको भने लक्ष्मि प्रसाद पौडेलको घरको बरण्डामा लगाएको ग्रिलमा क्षती पुर्याएको छ । हात्ती गाउँमा पसेको थाहा पाएपछि स्थानीय बासिन्दाले टायर बालेर सिटी फुक्ने बिभिन्न आवाज बजाएर धपाउने प्रयास गरेका थिए । यसरी हात्ती नभागेपछि सोही गाउँपालिकाको केर्खा स्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले साइरन बजाएर धपाउन प्रयास गरेको थियो ।
प्रहरीको यो प्रयासले पनि हात्तीले नटेरेको चौकीका इञ्चार्ज असई राजेश श्रेष्ठले बताउनुभयो । हात्ती आएको थाहापाएपछि सयौँको सख्यामा आएका स्थानीयले हात्ती धपाउन टायर बाल्नुका साथै, भाडाकुडा तथा आवाज आउने बस्तु बजाउदा समेत हात्ती नभागेको स्थानीय लक्ष्मी पौडेलले बताउनुहुन्छ ।

This image has an empty alt attribute; its file name is za-1024x472.jpg


धनको क्षति भएपनि जनको क्षति हुन दिइएन । यसरी गाउँमा पसेका हात्तीको बथानले क्षति गर्ने होकी भन्ने स्थानीय बासिन्दामा त्रास फैलिएको छ । हात्तीको माउ सहित दुईवटा छावा रहेकाले बढी क्षति गरेको छ । स्थानीयले हात्तीलाई मानिसले लामो समयदेखि धपाउन एउटै बस्तुको प्रयोग गरेका कारण टेर्न छोडेको हुनसक्ने अनुमान छ । यसैगरी हात्तीले साउन ८ गते शुक्रवार राती कमल गाउँपालिका वडा नम्वर ३ सानुकेर्खा स्थित टिकाराम भण्डारीको घरमा राखेको ६ मन धान हात्तीले खाएको भण्डारीले बताउनु भयो ।
यस्तै बुधबार जिल्लाकै शिवसतासी नगरपालिका ११ स्थित फोकल्याण्ड टापु क्षेत्र आसपासमा समेत हात्तीले ११ घरमा क्षति पु¥याएको स्थानियले बताउनु भएको छ
दैनिक रुपमा जंगली हात्तीको बथान यसरी गाउँ पसेर स्थानियलाई पटक पटक दुःख दिदै आएको छ । तर यस विषयमा स्थानिय तह बाट हात्ती नियन्त्रण गर्नकालागी कुनै भरपर्दो सहयोग नपाएको स्थानियको गुनासो छ ।
कमल गाउँपालिकाको वडा नम्वर ३,४र५ मा बर्षेनी जंगली हात्तीका कारण धनजनको क्षती हुदै आएपनि अहिले सम्म स्थानिय तह बाट समस्या समाधानका निमित्त कुनै भरपर्दो पहल नभएको स्थानिय टिकाराम भण्डारी बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker