कमल गाउँपालिकामा १३ गते राती १२ बजे देखी एक साता लकडाउन

उमानाथ भण्डारी

No posts found.

कमल , साउन १२ ÷विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमण दिन प्रतिदिन वृद्धि भएकोले यसको नियन्त्रण र रोगथाम गर्नकालागी कमल गाउँपालिकाले साउन १३ गते बाट एक हप्ता लकडाउन गर्ने भएको छ ।
गाउँपालिकाको क्षेत्रभित्र रहेका राजनैतिक दलहरुको मिति २०७८ साउन १२ गते बसेको को सर्वदलिय वैठकको निर्णय अनुसार गाउँपालिका क्षेत्रभित्र बढ्दै गएको कोभिड–१९ को संक्रमणलाई कम गर्न विभिन्न निर्णय भएको गाउँपालिकाले जनाएको छ ।
सोमवार गरिएको निर्णय अनुसार कमल गाउँपालिकाको क्षेत्रभित्र मिति २०७८ साउन १३ गते राती १२ बजेदेखि २०७८ साल साउन २० गते राति १२ बजे सम्म पूर्णरुपमा लकडाउन गर्ने निर्णय भएको छ ।

This image has an empty alt attribute; its file name is s-1024x472.jpg


लकडाउनका समयमा औषधी पसल बाहेक सवै प्रकारका व्यापार, व्यवसाय, होटल, रेष्टुरेन्ट, उद्योग, कलकारखाना बन्द रहने छ भने दुग्धजन्य सवारी साधन र दुध डेरी व्यवसाय बिहान १० बजे सम्म र बेलुकी ४ बजेदेखि ६ बजे सम्म मात्र सञ्चालन रहने छ ।
त्यसैग्री स्थानीय क्षेत्रभित्रबाट उत्पादित सागसब्जी, तरकारी, होमडेलिभरी गर्न पाइने तर कमल गाउँपालिका भन्दा बाहिरबाट आयत गरिएका साग सब्जी गाउपालिका क्षेत्रभित्र डेलिभरी गर्न नपाइने

This image has an empty alt attribute; its file name is gt-1024x472.jpg


कक्षा ११ को पूर्व प्रकाशित कार्यतालिका अनुसार नै परीक्षा सञ्चालन हुने तर होम–ट्यूसन र भौतिक उपस्थितिमा हुने सबै प्रकारका सिकाइ क्रियाकलाप बन्द रहने, वैकल्पीक विधिबाट सञ्चालन हुने शिक्षण सिकाइ क्रियाकलापलाई असर नगर्ने ।
बैंक तथा वित्तिय संस्था, सहकारी, सरकारी कार्यालय, विद्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेक सबै प्रकारका सेवा बन्द रहने तर विद्यालय तथा अन्य कार्यालयहरुको आन्तरीक प्रशासन सुचारु रहने छ भने अत्यावश्यक बाहेक सबै प्रकारका यातायातका साधनहरु सञ्चालन गर्न पूर्णरुपमा निषेध गर्ने निर्णय गरिएको कमल गाउँपािलकाका उपाध्यक्ष बेनु सिवाकोटीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker