लायन्स क्लव अफ केर्खा द्वारा अनाथ तथा अपाङ्ग व्याक्तिलाई लायन मनको घर हस्तान्तरण

उमानाथ भण्डारी

No posts found.
This image has an empty alt attribute; its file name is bg-1024x472.jpg

कमल , असार ३० ÷ लायन्स क्लव अफ केर्खाले एक कार्यक्रमका विच अनाथ का साथै अपाङ्ग व्याक्तिलाई लायन मनको घर हस्तान्तरण गरेको छ ।
कमल गाउँपालिका ४ स्थित सिदार्थ टोल निवासी अनाथ का साथै अपाङ्ग भएका १८ वर्षिय मौसम राई र उनकी दिदि एलिना राई भाडाको घरमा बस्दै आउनु भएको थियो । दिदि भाईको यस्तो अवस्था देखेर लाई लायन्स क्लव अफ केर्खाले लायन्स मनको घर नामक घर निर्माण गरी एक कार्यक्रमका विच हस्तान्तरण गरेको छ ।

This image has an empty alt attribute; its file name is x4-1024x472.jpg


आमाबुवा विहनि शारिरिक तथा आर्थिक अवस्था अत्यन्तै कमजोर यि दिदि भाईको अवस्था देखेर गाउँपालिकाले घर बनाउन सोच बनाउदै गरेका बेला लायन्स क्लवले घर बनाई दिएर राम्रो काम गरेको छ । सरकारले मात्र सबै काम गर्न सम्भव छैन यसैले निजि क्षेत्र बाटपनि धेरै काम गर्न सकिने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनुउनु

This image has an empty alt attribute; its file name is 6-1024x472.jpg


लायन्सको ५१ वर्षिय अनुभवमा यो एकदमै राम्रो काम भएको छ । बस्नकालागी घर भयो अब जिवन यापनकालागी सिपमुलक कामको व्यास्था गर्नुपर्ने आवश्यक छ । हामिले समाजमा यस्तै राम्रा काम गर्दै अगाडी बड्नु पर्ने हुन्छ । छोटो समयमा नै क्लवले राम्राकाम गरेर आफ्नो उचाई बढाएकोमा प्रमुख अतिथी डिष्ट्रिक घद्दछब्ज्ञ का गभर्नर लायन रेवत बहादुर कार्किले बताउनु भयो ।
क्लवले घर बनादिएकोमा आफुलाई अत्यन्तै खुशी लागेको छ । सानो त्रिपालले टाँगेर भएपनि घर बनाउला भन्ने सोचि रहेको बेला यती ठुलो घर पाए यसमा अत्यन्तै धेरै खुशीलागेको पिडीतकी दिदी एलिना राईले खुशि व्याक्त गर्नु भयो ।
क्वलमा आवद्ध सदस्य तथा विभिन्न मनकारी व्याक्ति बाट जम्मा भएको ५ लाख रुपैया भन्दा बढी रकम खर्च गरेर घर निर्माण गर्नका लागी लायन्स मनको घर निर्माण गरिएको क्लवका अध्यक्ष लायन अग्नि प्रसाद कोईरालाले बताउनुभयो ।
यसैगरी क्लवले केर्खा बजारमा फि आईफाई जडान गर्नुका साथै २०२१ ÷०२२ का लागी नव गठीत समितीलाई पद हस्तान्तरण गरेको नव गठित समितीका अध्यक्ष लायन देवेन्द्र दाहालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker