सभापति राई द्वारा ः कमल ५ को प्रशासनिक भवनको उद्घाटन

उमानाथ भण्डारी

No posts found.

कमल असार १५÷ १ नम्वर प्रदेशका सुशासन तथा योजना सभापति माननिय अर्जुन राईले झापाको कमल गाउँपालिका वडा नम्वर ५ को प्रशासनिक भवनको एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको छ ।
२०७७ साल बैशाख २७ गतेका दिन आफैले शिल्यानास गर्नु भएको भवनको निर्माण कार्य सम्पन्न भएपछि सोमवार एक कार्यक्रम बिच सभापति राईले उद्घाटन गर्नु भएको हो ।
स्थानिय वासि चिन बहादुर कार्कि र चन्द्रकला कार्किले विशुलक उपलब्ध गराउनु भएको १७ धुर जग्गामा प्रदेश निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रम झापा क्षेत्र नं ५ (ख) बाट २५ लाख र कमल गाउँपालिका बाट ५४ लाख रुपैयागरि जम्मा ७९ लाख रुपैयाको लागतमा भवन निर्माण सम्पन्न भएको हो ।

This image has an empty alt attribute; its file name is fr5-1024x472.jpg

गाउँपालिकाको वडा नम्वर ७ ले यस अघि नै प्रसाशनिक भवन निर्माण गरि नयाँ भवन बाट नागरिकलाई सोवा प्रदन गरिरहेको छ भने वडा नम्वर ५ ले साविक लखनपुर गाउँ विकास समितीको कार्यालय बाट सेवा प्रभाव गरिरहेको छ । बाँकि वडाले पनि आर्थिक वर्ष २०७८÷०७९ को अन्त्य सम्ममा भवन निर्माणको काम सम्पन्न गर्ने गरि तयारी भै रहेको गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले जानकारी दिनुभयो ।
वडा नम्वर ५ का वडा अध्यक्ष डम्वर बहादुर निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा भवन निर्माण समितीका संयोजक बलराम गजुरेलले समयमा भवन निर्माण सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिनु भएको थियो ।

This image has an empty alt attribute; its file name is gt-1024x472.jpg

त्यसैगरी साविक लाखनपुर गाउँविकास समितीका अध्यक्ष भोजकुमार घिमिरे, नेपाली काग्रेका पुर्णा नन्द दाहाद, राप्रपाका विष्णु पौडेल लगायतले समयमै भवन निर्माणको काम सम्पन्न भएकोमा खुशि व्याक्त गर्नु भएको थियो । कार्यक्रम वडा सचिव रिता कार्कि (रिजाल)ले सन्चलालन गर्नु भएको थियो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker