विद्युत प्राधिकरण दमकको लापर्वाहीका कारण कमल ३ का स्थानिय वासी समस्यामा

उमानाथ भण्डारी

No posts found.

कमल, जेठ २४÷नेपाल विद्युत प्राधिकरण दमक शाखाको लापर्वाहीका कारण कमल गाउँपालिका वडा नम्वर ३ का स्थानिय वासी समस्यामा परेका छन् ।
विद्युतको पोल ढलेर तार जतासुकै लत्रिएको छ । पोल ढलेर कुनपनि बेला घरमा क्षती पुर्याउन सक्छ यस्तो त्रासले बस्नु परेको छ । कतिपय तार त माटोमा पुरि सकेका छन् । दुई वर्ष देखीको यो समस्या अहिले सम्म पनि जस्ताको तस्तै छ । पटक पटक प्राधिकरणलाई जानकारी गाराउदा पनि समस्या जस्ताको तस्तै रहेको स्थानिय वासी हिम प्रसाद दहाल बताउनुहुन्छ ।

This image has an empty alt attribute; its file name is 54b3b258-b190-4985-bbeb-b3d0c9d7ddd4


वडामा यस्ता थुप्रै समस्या छन् जसको बारेमा विद्युत प्राधिकरणलाई जानकारी गराए पनि आज सम्म कुनै ठोस काम भएको छैन । धेरै ठाउमा विद्युतका पोल ढल्केका छन् । तार भुईमा लत्रेको छ । सडकमा धेरै ठाउमा तार क्रस गराएको छ । कुनै पनि वेला दुर्घटना हुन सक्छ तर यस विषयमा प्राधिकरणलाई पटक पटक जानकारी गराएपनि वेवास्ता गरेको कमल गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष नरप्रसाद दंगाल बताउनुहुन्छ ।
विद्युत प्राधिकरणको लापर्वाहिले गर्दा पछिल्लो समय स्थानियलाई धेरै समस्या भएको छ । अधिकांस ठाउँमा विद्युतका पोल ढल्केका कारण तार तलसम्म लत्रेको छ । यदि प्राधिकरणले समयमा सुधार नगर्ने हो भने कुनै पनि बेला ठुलो दुर्घटना हुन सक्ने स्थानिय वासी बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker