कमलमा कोभिड १९ बाट संक्रमितहुनेक्रम घटेन

उमानाथ भण्डारी

कमल , जेठ १९ ÷ कोभिड १९ को दोश्रो लहर चले संगै कमल गाउँपालिकामा कोभिड १९ बाट संक्रमितहुनेको संख्या घटेको छैन ।
विश्वभरी माहामारिका रुपमा फैलिएको नयाँ भेरियषनको कोभिड १९ बाट कमल गाउपालिकामा बुधवार गरिएको एन्टिजेन परिक्षणमा थप १९ जनामा सक्रमण पुष्टि भएको हो । यो संगै कमल गाउँपालिकामा संक्रमित हुनेको संख्या ३ सय २८ जना पुगेको स्वस्थ्य शाखाले जनाएको छ ।
पुष्टि भएका संक्रमित मध्ये १ सय ७५ निको भएर घर फर्किनु भएको छ । गाउँपालिकाको कोभिड अस्पतालमा ५ जना रहनु भएको छ । ७ जना विभिन्न अस्पतालमा उपचारत हुनुहुन्छ भने १ सय ३७ जना होम आईसोलेसनमा बस्नु भएको बस्नु भएको छ । कमल गाउँपालिकामा हाल सम्म कोभिडका कारण ४ जनाको मृत्यु भएको कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले जानकारी दिनुभयो ।
त्यसैगरी जिल्लामा ४९ हजार ५६७ जनाको पिसिआर परिक्षण गर्दा १० हजार ६९६ मा कोभिड १९ संक्रमित भएको पुष्टि भएको छ । संक्रमित मध्ये ६ हजार २३८ जना निको भएर घर फर्किनु भएको छ भने आईसोलेसनमा ४ हजार ९३ जना बस्नु भएको छ । यो समाचार तयार पार्दा सम्म जिल्लामा २ सय ४७ जना को मृत्यु भएको स्वस्थ्य कार्यालय झापाले जनाएको छ ।गाउँपालिकाले निर्माण गरेको कोडिभ अस्पतालमा हरेक आईतवार र बुधवार पिसिआर परिक्षण हुने गरेको स्वस्थ्य शाखाले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker