कमल गाउँपालिकामा थप १९ जनामा कोभिड १९ को संक्रमण पुष्टि

कमल , जेठ ११ ÷ कमल गाउँपालिकामा आज थप १९ जना कोभिड १९ संक्रमित थपिएका छन् ।
गाउँपालिकाको वडा नम्वर ५ स्थित कोभिड अस्पतालमा गत जेठ ९ गते ३९ जनाको स्वाव संकलन गरिएका मध्ये १९ जनामा कोभिड १९ को संक्रमण फेला परेको हो ।
यो सगै कमल गाउाँपलिकामा २०७८ साल बैशाख ८ गते देखी हाल सम्ममा जम्मा २ सय ४७ जनामा संक्रमित पुष्टि भएको कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले जानकारी दिनुभयो ।

No posts found.
This image has an empty alt attribute; its file name is pressबिज्ञप्ति-786x1024.jpg


पुष्टि भएका संक्रमित मध्ये १ सय १८ जना उपचाररत हुनुन्छ भने कोभिड लाई जितेर १ सय २६ जना घर फर्किनु भएको छ भने १ महिला र २ पुरुषको मृत्यु भएका स्वस्थ्य शाखा प्रमुख अर्यालले जानकारी दिनुभयो ।
कमल गाउँपालिकाको कोभिड अस्पताल प्रत्येक आईतवार र बुधवार सम्बन्धित वडा कार्यलयको सिफारिसमा संकास्पद बिरामीको एन्टिजिन परिक्षणहुने तर फलोअफ परिक्षण नुहने समेत कार्यालयले जनाएको छ ।
त्यसैगरी जिल्लामा ४६ हजार ९५३ जनाको पिसिआर परिक्षण गर्दा ९ हजार ५२० मा कोभिड १९ संक्रमित भएको पुष्टि भएको छ । संक्रमित मध्ये ५ हजार ४५० जना निको भएर घर फर्किनु भएको छ भने आईसोलेसनमा ३ हजार ८१६ जना बस्नु भएको छ भने यो समाचार तयार पार्दा सम्म झापामा २ सय ३१ जना को मृत्यु भएको स्वस्थ्य कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker