पोषिलो खानेकुरा र स्वस्थ्यकर्मि सहित कमल गाउँपालिकाका जनप्रतिनिधी संक्रमितको घरघरमा

कमल, जेठ ८ ÷ पोषिलो खानेकुरा र स्वस्थ्य सामाग्री का साथमा स्वस्थ्यकर्मि सहित कमल गाउँपालिकाका जनप्रतिनिधी संक्रमितको घरघरमा पुग्नु भएको छ ।

No posts found.
This image has an empty alt attribute; its file name is 2-2.jpg


कमल गाउँपालिकामा कोभिड १९ को संक्रमण बाट संक्रमित भएर होम आइसोलेसन बस्नु भएका नागरीका घरघरमा गाउँपालिकाले तयार पारेको होम आइसोलेसन किट( सेनिटाइजर, मास्क, थर्ममिटर, आवस्यक औषधि, भिटामिन लगायतका सामाग्री ) र कारितास नेपालको सहयोगमा पोशिलो खानेकुरा लिएर जनप्रतिनिधी , चिकित्सक, मनोपरामर्श दाता सहित को टोलि संक्रमितको घर घरमा पुगेको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is 1-2-1024x768.jpg


कमल गाउँपालिकाका उपाध्यक्ष बेणु सिवाकोटी, प्रमुख प्रसाशकिय अधिकृत सुवास श्रेष्ठ, ५ नम्वर वडा अध्यक्ष डम्वरबहादुर निरौला, ६ नम्वर वडा अध्यक्ष नरेन्द्र भट्टराई ,चिकित्सक, स्वास्स्थ्यकर्मि संक्रमितको मोनोबल उच्च बनाउनका लागि आवस्यक परामर्श दिन मनोपरामर्श दाताका साथमा कमल गाउँपालिका वडा नम्वर ५ र ६ मा होम आईसालेसनमा बस्नुभएका ४१ जना कोभिड संक्रमितको घरमै पुगेर सामाग्री प्रदान गर्नुका साथै आवस्यक मनोपरामर्श दिएको स्वस्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले जानकारी दिनुभयो ।


गाउँपालिकाका सात वटै वडामा रहनुभएका संक्रमितको घरघरमा पुगेर कार्यक्रम निरन्तर रुपमा संचालन गरिने समेत शाखा प्रमुख अर्यालले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is 2-2.jpg


यो समाचार तयार पार्दा सम्म कमल गाउाँपलिकामा कोभिड १९ बाट संक्रमित हुनेको संख्या २ सय २३ जना पुगेको छ । भने संक्रमित मध्ये २ जनाको मृत्यु भएको स्वस्थ्य शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker