बालमैत्री कोभिड अस्पताल र आईसोलेसन व्यवस्थापन सम्बन्धी छलफल तथा अन्तरकृया

कमल, जेठ ४÷ बालबालीका तथा शिक्षा सञ्चार मञ्च नेपालको आयोजनामा आज बालमैत्री कोभिड अस्पताल र आईसोलेसन व्यवस्थापन सम्बन्धी छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
विश्वमा कोभिड १९ को दोश्रो चरणको सक्रमणदर वृद्धि भए सगै नेपालमा समेत यसको प्रभाव तिव्ररुपमा फैलिएको छ । यस बाट हुन सक्ने जोखिमको न्युनिकरण गर्दै संक्रमित बालबालीकालाई कसरी सुरक्षीत राख्ने र यदी संक्रमण भईहाले संक्रमित बालबालिकालाई अस्पतालमा सहज रुपमा उपचारको व्यवस्था कसरी मिलाउर्ने भन्ने विषयमा अन्तरत्रृmया कार्यक्रम सम्पन्न भएको थियो ।
कोभिड १९ का कारण झापामा १८ देखी ६० वर्ष सम्मका ८५ प्रतिशत संक्रमित रहेको र संक्रमित सहजरुपमा उजचारको व्यवस्था मिलाउनुका साथै बालमैत्री कोभिड अस्पताल र आईसोलेसन व्यवस्थापन गर्ने , स्थानिय तहमा संक्रमित बालबालिकाको अवस्थाका विषयमा के भैरहेको छ त्यसको अनुगमन गर्ने , संक्रमित व्याक्तिलाई अस्पताल सम्म जानकालागी एम्बुलेन्सको व्यवस्था मिलाउने लगायतमा विषयमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले प्रतिवद्धता जनाउनु भएको थियो ।
कार्यक्रममा अग्रज पत्रकार गोपाल काफ्ले, प्याव्सन झपाका अध्यक्ष एल पि उप्रेती, केशव मैनाली,पत्रकार अच्युत सुवेदी लगातले बालमैत्री कोभिड अस्पताल र आईसोलेसन व्यवस्थापनका बारेमा आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रम बालबालीका तथा शिक्षा सञ्चार मञ्च नेपालका अध्यक्ष सरोज पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने सृजन घिमिरेले सञ्चालन गर्नु भएको थियो ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker