जिल्ला प्रशासन कार्यालय झापा द्वारा निषेधाज्ञाको समय थप

कमल , वैशाख ३१ ÷ जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञाको समय थपगरेको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले २०७८ बैशाख ३१ गते राती १२.०बजे देखी २०७८ जेठ ०७ गते राती १२.० बजे सम्मलाई निषेधाज्ञा थप गरेको हो ।
निषेधाज्ञाका समयमा सवारीका साधनलाई कडाइ गर्ने, बैँक तथा वित्तिय संस्थाले साताको २ दिन मात्रै कारोबार गर्ने गरि निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञाका समयमा सहकारीले घर, पसलमा गएर बचत उठाउन नपाउने भएको छ भने सरकारी कर्मचारीले विहान ९ बजेदेखि १० बजेसम्म परिचयपत्रका आधारमा सवारीका साधन कुदाउन पाउने भएका छन् ।

No posts found.
This image has an empty alt attribute; its file name is आदेश_१-748x1024-1.jpg


निषेधाज्ञाको समयमा औषधी खरिद तथा उपचार बाएक कुनै पनि व्याक्ति घर वाहिर ननिस्किन आदेशमा भनिएको छ । भने खाद्यवस्तु, खाना पकाउने ग्याँस, तरकारी,फलफूल, दुध डेरी, अत्यावश्यक सामान विहान ८ बजेसम्म मात्र सन्चालन गर्नुपर्ने छ । सबै प्रकारका सभा, सम्मेलन, जुलुस, गोष्ठी, तालिम, सेमिनार जस्ता कार्यहरु संचलान गर्न नपाईने ।
हाट बजार, मेला, जात्रा, महोत्सव, पार्टी, भोज लगायत भिडभाड हुने कार्य नगर्ने नगराउने , होटल तथा रेष्टुरेन्ट, मिठाई र चिया पसल समेत पूर्ण रुपले बन्द गर्ने । पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, पार्क, सैलुन, व्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, आदि संचालन गर्न पाईने छैन । नेपाल सरकारद्वारा तोकिएको समाजिक दुरी, स्वास्थ्य सुरक्षा मापदण्ड को अनिवार्य पालना गर्नुपर्ने जारि विज्ञप्तीमा उल्लेख गरिएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker