कमलमा हात्तिको आक्रमणमा बाट जितबहादुर मृत्यु

उमानाथ भण्डारी

No posts found.

कमल , वैशाख ३० ÷ हात्तिको आक्रमणमा परि आज विहान एक व्याक्तिको मृत्यु भएको छ ।
हात्तिको आक्रमणमापरि कमल गाउँपालिका ३ विवासि अन्दाजी ४५ वर्षका जितबहादुर खोयाङ्गको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज विहान ५ जनेतिर मनिङ्गवाक गर्ने क्रममा २१ नम्वर वाहिनी अड्डाको पश्चिमतर्फको जंङ्गलमा हात्ति सग अनाचक जम्काभेट हुँदा हात्तिको आक्रमणमा परि खोयाङ्गको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दकमका डिएसपी नवराज कर्किले जानकारी दिनुभयो । मृतक खोयाङ्गका श्रीमती र २ छोरा रहेका छन् ।

This image has an empty alt attribute; its file name is www-557x1024.jpg


कमल गाउँपालिकाको वडा नम्वर ३ र ५ मा यो भन्दा पहिले पनि हात्तिले दुःख दिने गरेको छ । जंङ्गली हात्ति गाउँ पसेर स्थानियको घर भत्काउने ,अन्न खाने जस्ता उपद्रो मच्चाउने गरेको छ र त्यसको नियन्त्रणकालागी गाउँपालिकाको तर्फ बाट सडक वत्ती, हात्त िआएको जानकारी गराउनकालागी साईरन वितरण गरिएको वडा नम्वर ३ का अध्यक्ष नरप्रसाद दंगालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker