कमल गाउँपालिकामा व्यवसाय प्रवद्र्धन घुम्ती कोषको वितरण सुरु

उमानाथ भण्डारी

No posts found.

कमल , बैशाख १६ ÷ १ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्किले हामिलाई आवश्यक पर्ने सामान मात्र उत्पादन गर्नेहोभने वार्षिक अरवौ रुपैया विदेश जानबाट रोकिने बताउनु भएको छ ।
झापाको कमल गाउँपालिकाले पहिलो पटक सुरु गरेको व्यवसाय प्रवद्र्धन घुम्ती कोष संचान अनतरगत घुम्तीकोष हस्तान्तरण कार्यक्रमको उद्घाटन पछि आफ्नो मन्तव्यका क्रममा मन्त्री कार्किले यस्तो बताउनु भएको हो ।
हामिलाई आवश्यक पर्ने अन्न, दुध, माछा, मासु फलफुल तरकारी लगायतका सामान अहिले पनि आयत गर्नु परिरहेको छ । जसका कारण अरवौं रुपैया विदेश गैरहेको छ । यसलाई रोक्न सक्नेहोभने हामिलाई लागेको व्यापार घाटा पनि फाईदामा जानसक्छ ।

This image has an empty alt attribute; its file name is uytb-1024x768.jpg


कमल गाउँपालिकाले विदेश बाट फर्किएका तथा स्वदेशमै रहेर पनि कृषि उद्यमि बन्न चाहाने ईच्छुक कृषकलाई ५० हजार देखी २ लाख रुपैया सम्म धुम्ती कोष मार्फत रकम प्रदान गरेको छ । यसले गरिवि न्युनिकरणमा सहयोग पुग्नुका साथै कृषकलाई उद्यमि बनाउन सहयोग पुग्ने मन्त्री कार्किले बताउनु भयो ।
गाउँपालिकामा सुचिकृत भएका सहकारि मध्ये ७ वटा सहकारीले सिफारिस गरेका २१ जना कृषकलाई पहिलो पटक घुम्तीकोषको रकम प्रदान गरिएको र्छौ । आफु सग रकम नभएका कारण व्यवसाय सन्चालन गर्न नसकेका कृषकलाई घुम्तीकोषको रकमले सहयोग पुग्ने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is 76y-1024x768.jpg


गाउँपालिकाको क्षेत्र भित्र रहेर कृषि तथा पशुपालन क्षेत्रमा युवाउद्यमि बन्न चाहाने कृषकलाई पहिलो पटक कोषको रकम प्रदान गरेका छौं । आगामी दिनमा हामि अन्य व्यवसाय गर्ने व्यवसायीलाई पनि कोषको रकम पदान गरिने कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले बताउनुभयो ।
गाउँपालिकाले पहिलो पटक सन्चालनमा ल्याएको व्यवसाय प्रवद्र्धन घुम्ती कोष उद्येश्य अनुरुप सन्चालन भएमा कोषले वास्तविक कृषकलाई ठुलो फाईदा पुग्ने छ । यसकालागी गाउँपालिकाले अनुगमन गर्न आवश्यक छ । कोषलाई सहिरुपमा सदूपयोग गर्ने कृषकलाई पुरस्कृत र कोषको दुरुपयोग गर्ने कृषकलाई दण्डित गर्न जनप्रतिनिधी पछिपर्नु हुदैन तव मात्र कोषको सहिरुपमा सदुपयोग हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker