मन्त्री कार्कि द्वारा स्वर्ण महोत्सव स्तम्भको अनावरण

उमानाथ भण्डारी

No posts found.

कमल , बैशाक १५÷ झापाको कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यामिक विध्यालयएक कार्यक्रमको आयोजना गरी स्वर्ण महोत्सव स्तम्भको अनावरण ,अक्षयकोष छात्रवृत्ति वितरण र शिक्षकलाई सम्मान तथा विदाई गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथी १ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्किले विध्यालय द्वारा निर्माण गरिएको स्वर्ण महोत्सव स्तम्भको अनावरण गर्नु का साथै विध्यालयमा कार्यरत शिक्षक मध्ये अनिवार्य अवकाश हुनुभएका शिक्षकलाई सम्मान तथा विदाई र अक्षयकोष आत्रवृति वितरण गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is w.jpg


कार्यक्रममा विध्यालयमा कार्यरत शिक्षक मध्ये अनिवार्य अवकाश हुनुभएका शिक्षक नारायाणप्रसाद गौतम, रामकुमार राई, लक्ष्मीदेवी भट्टराई , विष्णुकुमारी रिजाल ,विष्णुकुमारी राई र नेत्रप्रसाद पराजुलीलाई कदरपत्रद्वारा सम्मान तथा विदाई गरिएको थियो ।

This image has an empty alt attribute; its file name is sss-472x1024.jpg


त्यसैगरी कार्यक्रममा भगवता स्मृति अक्षयकोष बाट कक्षा १२ मा अध्यायनरत छात्र दिलिपराज खजुम र छात्रा भुमिका विशुङ्खे तथा तेज बहादुर खापुङ स्मृति अक्षयकोष बाट कक्षा ८ मा अध्यायनरत छात्र दिपेश वास्तोला,प्रदिप बजगाई तथा छात्रतर्फ जानुका गौतम र आश्था पोख्रेल र २०७६ साल को एसईईमा उत्कृष्ट हुने छात्र सुदिप अधिकारी र छात्रा शुभेच्छा भण्डारी लाई प्रदान गरिएको थियो ।
कार्यक्रममा रामकुमार गोमादेवी दङ्गाल अक्षयकोष बाट कक्षा १ मा अध्यायनरत छात्र प्रतिक लिम्वु र छात्रा पजना लिम्बु तथा रुद्रप्रसाद चापागाई स्मृती अक्षयकोष बाट कथा १० मा अध्यायनरत छात्र समिर मगर र छात्र नम्र

This image has an empty alt attribute; its file name is sg-1024x472.jpg

ता धिताललाई छात्रवृत्ति वितरण गरिएको विध्यालयका सहायक प्रध्यानाध्यापक ओमप्रकास खड्काले जानकारी दिनुभयो ।
कार्यक्रममा विध्यालय व्यवस्थापन समितकिा अध्यक्ष चक्रबहादुर गुरुङ्ग र श्रीमती मामता गुरुङ्ग तथा सदस्य लेखनाथ खतिवडा र श्रीमती रेनुका खतिवडाको तर्फबाट विध्यालयमा अध्यायनरत कक्षा नर्सरी देखी कक्षा पाँच सम्मका विध्यार्थिलाई पोषाक वितरण गरिएको थियो ।
विध्यालय विध्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र बहादर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रम लाई सहायक प्रध्यानाध्यापक मधुसुधन अधिकारीले सन्चालन गर्नुभउको थियो भने विध्यालयक प्रध्यानाध्यापक काजिमान पौडेलले शुभकामना सहित कार्यक्रमको औचित्य माथि प्रकास पानुृभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker