कारितास नेपाल द्वारा वैदेशिक रोजगार बाट फर्किएकालाई पशुपालन पालन सम्बन्धि तालिम प्रदान

कमल , बैशाक ८ ÷ कारितास नेपाल को आयोजनामा हिजो बाट दमकमा तिनदिने बाख्रा , बंगुर र कुखुरा पालन तालिम सुरु भएको छ ।
दमक नगरपालिका वडा नम्वर ३ र १० को समन्वयमा सञ्चालन भएको तालिकामा सोहि वडामा वैदेशिक रोजगार बाट फर्किएर बाख्रा, बंगुर र कुखुरा पालनमा आवद्ध कृषकलाई तालिम प्रदान गरिएको हो ।
आफ्नो सिप र सम्पत्ति साथमा भए जहिले हुन्छ उन्नती भन्ने नाराका साथ सञ्चालन गरिएको तालिममा क्षमता अभिवृद्धि तथा जनचेतनाको माध्यम बाट अति जोखिमपुर्ण अवस्थामा रहेकाहरुको सुरक्षित अप्रवासन सुनिश्चित गर्ने (क्ब्ःख्ब्द्य) परियोजना द्वारा तालिम सञ्चालन गरिएको हो ।
विगतमा पनि कारितास नेपालको सहयोगमा दमक नगरपालिकाको वडा नम्वर ३ र १० कार्यक्रम सन्चालन गरेको थियो जसले कृषकलाई ठुलो सहयोग पुगेको थियो । यस्ता कार्यक्रम निरन्तर चलिरहका छन् । वडा संगको समन्वय कारितास नेपालले कषि सम्बन्धीका कार्यक्रम समेत सन्चालन गरेको छ भने कृषकलाई सहकार्य सहुलियत दरमा कर्जा समेत प्रदान गरेको दमक नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष नविन बरालले बताउनु भयो ।
बैदेशिक रोजगारीमा गएका अथवा जाने योजनामा रहेका तथा बेदेशिक रोजगारी सग जोडिएका व्याक्तिलाई छनौट गरेर तालिम प्रदान गरेका छौ । पशुपालनमा देखिएका चुनौती र अवसरलाई तालिकले सहयोग गुग्ने छ भने बैदेशिक रोजगारी बाट फर्किर आएका युवालाई दिगोरुपमा पुनस्थापना कसरी गर्ने तर्फ हामिलागी परेको कारितास नेपाल दमकका प्रमुख देवेन्द्र पोखरेलले बताउनु भयो ।
हामिले बैदेशिक रोजगारी बाट फर्किएका युवालाई पुनस्थापित गर्नकालागी घुम्तिको दिएर व्यवसाय सन्चालनकालागी सहयोग गरेका थियौ तर तालीमको अभावका कारण व्यासाय सफल हुन सकेन र कृषक बाटै तालिमको माग भएपछि तालिम प्रदान गरेको. । कारितास नेपाल दमकका बैदेशिक रोजगार परियोजना अधिकृत हिमालय अधिकारीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker