कमल गाउँपालिकामा राष्ट्रिय जनगणना २०७८ सञ्चालन र व्यवस्थापनका लागी समन्वय समिती गठन

उमानाथ भण्डारी

No posts found.

कमल , बेशाक ७ ÷ राष्ट्रिय जनगणना २०७८ सञ्चालन र व्यवस्थापन कार्यलाई सहजीकरण गर्नका लागी स्थानिय तहमा धमाधम जनगणना समन्वय समिती गठन गर्नेकार्य भैरहेको छ ।
यसक्रममा झापाको कमल गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठको संयोजककत्वमा समन्वय समिती गठन भएको छ ।
समितीको सदस्यमा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सुर्य प्रसाद न्यौपाने, स्थानियतह हेर्ने प्रहरीकार्यलयको तर्फ बाट तोपगाछी प्रहरी चोकीका ईन्चार्ज सीताराम भण्डारी, वडा नम्वर २ का सचिव देबि प्रसाद फुएल र स्थानिय तहको जनगणना अधिकारीका तर्फ बाट प्रकास रन्जितकार रहेको समिती गठन भएको हो ।
समितीले राष्ट्रिय जनगणनाको लागी गरिने स्थलगत कार्यका लागी आवश्यक सहयोग र समन्वय गर्ने, तथ्याङ्क सङ्कलन कार्यमा गुणस्तरीयता कायम गर्ने तथा पुर्ण गणना हुने व्यवस्थाको लागी सहजीकरण तथा प्रचार प्रसार गर्ने , स्थानिय जनगणना कार्यालयलाई आवश्यक पर्ने स्रोत साधनको व्यवस्गापनमा सहयोग गर्ने र स्थानिय स्तरमा राष्ट्रिय जनगणना कार्यको अनुगमन तथा सुपरिवेक्षण लगायतका कार्य गर्ने गरि समिती गठन गरिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker