कमल गाउँपालिकामा आज बाट तेहैं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

कमल , चैत २९÷ झापाको कमल गाउँपालिकामा आज बाट तेहैं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

No posts found.
This image has an empty alt attribute; its file name is y-1-1024x766.jpg


कमल गाउँपालिकाको वडा नम्वर ३ स्थित केर्खा खेल मैदानमा आज सम्पन्न प्रतियोगिता अन्तरगत भाला फाल्ने खेलमा छात्र तर्फ महेन्द्ररत्न माध्यमिक विद्यालय कमल २ का सुरज तामाङ्ग प्रथम , निहारिक वोडिङ्ग स्कुल कमल ४ का एकराज श्रेष्ठ द्वतिय र कमला मदन आश्रीत स्मृति माध्यमिक विध्यालय कमल २ का गंगा बहादुर विक तृतिय भएका थिए । त्यसैगरी छात्रा तर्फ निहारिक वोडिङ्ग स्कुल कमल ४ की सरिना प्रधान प्रथम, शहिद धर्मधक्त माध्यमिक विध्यालय कमल ३ की वर्ष राई द्वतिय र महेन्द्ररत्न माध्यमिक विद्यालय कमल २ की अनिता रीमाल तृतिय हुनुभएको छ ।

This image has an empty alt attribute; its file name is o-1024x766.jpg


त्यसैगरी सटफुट तर्फ निहारिक वोडिङ्ग स्कुल कमल ३ का एकराज श्रेष्ठ प्रथम, शहिद धर्मधक्त माध्यमिक विध्यालय कमल ३का डम्वर राई द्वतय र कमला मदन आश्रीत स्मृति माध्यमिक विध्यालय कमल २ का रोशन श्रेष्ठ तृतिय हुनुभएको छ भने छात्रा तर्फ निहारिक वोडिङ्ग स्कुल कमल ३ कै सरिना प्रधान प्रथम, शहिद धर्मधक्त माध्यमिक विध्यालय कमल ३की वर्षा राई द्वतिय र वण्डरल्याण्ड बोडिङ्ग स्कुल कमल ३ की दिक्षा लिम्बु तृतिय हुनु भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा कबड्डी, भलिवल, एथलेटिक्स लगायतका खेल हुनेछन् । जसमा सामुदायिक तर्फ १० र सस्थागत तर्फ १० वटा गरि जम्मा २० वटा विध्यालय सहभागी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker