नेपाल पत्रकार महासंघ झापाको अध्यक्षमा एकराज गिरी निर्वाचित

कमल २७, चैत ÷ नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा एकराज गिरी निर्वाचित हुनु भएको छ ।
नयाँ नेतृत्व चयनका लागी हिँजो भएको मतदानमा शाखाका २६३ सदस्य मध्ये २५६ जना पत्रकारहरुले मतदान गरेका थिए । अहिले बिहान सम्पन्न मत गणना अनुसार प्रेस युनियन, प्रेस संगठन र मिडिया नेपाल विचको गठबन्धनका साझा उम्मेद्घार गिरीले अत्यधिक मत सहित बिजयी हुनुभएको छ । पदाधिकारीमा पनि गिरीको प्यानलै निर्वाचित भएको छ भने सदस्यहरुमा पनि अधिकांश गिरी प्यानलबाटै निर्वाचित भएका छन् ।

This image has an empty alt attribute; its file name is res2.jpg


अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित गिरीले १५५ मत प्राप्त गर्नु भयो भने केपि ओली सम्बद्ध प्रेस चौतारी र प्रेस मञ्च नेपालको गठबन्धनका उम्मेद्वार विशाल नेम्माङले ७४ मत र माधव नेपाल निकट प्रेस चौतारीबाट अध्यक्षका उम्मेद्वार तिर्थ सिग्देलले २६ मत प्राप्त गर्नुभएको छ ।

This image has an empty alt attribute; its file name is res.jpeg


त्यसैगरि उपाध्यक्षमा गिरीकै प्यानलका केशब भट्टराईले १३१ मत प्राप्त गरि निर्वाचित हुनु भएको छ । नेम्माङको प्यानलबाट उपाध्यक्षका उम्मेद्वार गोपाल झापालीले ९६ मत प्राप्त गर्नुभयो भने उपाध्यक्षका अर्का उम्मेद्वार हिमालचन्द्र खरेलले २६ मत प्राप्त गर्नुभयो ।
महिला उपाध्यक्षमा गिरीकै प्यानलकी शुशिला संग्रौलाले १४० मत प्राप्त गरी निर्वाचित हुनु भयो भने नेम्माङ प्यानलकी सावित्रा दाहाल भट्टराईले १०७ मत प्राप्त गर्नुभयो । सचिवमा गिरी प्यानलकै डिकेश लामाले १२८ मत प्राप्त गरी विजयी बन्दा सिग्देल प्यानलका सुव्रत न्यौपानेले ९९ मत पाउनु भयो भने प्रेम कुमार आचार्यले २५ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी खुल्ला सह सचिवमा गिरी प्यानलका राजु पाठक १५५ मत सहित निर्वाचित हुँदा नेम्माङ प्यानलका बिनोद सापकोटाले ९२ मत मात्रै प्राप्त गर्नुभयो । त्यसैगरी समावेसी सह सचिवमा गिरी प्यानलका अर्जुन राजवंशी १७२ सर्वाधिक मत ल्याई बिजयी बन्दा नेम्माङ प्यानलका देशराज नेम्माङले ७३ मत मात्रै प्राप्त गर्नुभयो ।
कोषाध्यक्षमा पनि गिरी प्यानलकै रञ्जीत प्रसाईं १३३ मत प्राप्त गरी विजयी बन्दा नेम्माङ प्यानलका रमेश तिवारीले ११५ मत प्राप्त गर्नुभयो ।
सदस्यहरुमा पनि अधिकांश गिरी प्यानलबाटै निर्वाचित भएका छन् । गिरीको प्यानलबाट चिरञ्जिवी घिमिरे, मनिषा चम्लागाईं, शुष्मा राजवंशी, होमप्रसाद अधिकारी, विनोद पाण्डे, द्रोण अधिकारी र रञ्जित परियार निर्वाचित बन्नु भएको छ भने नेम्माङको प्यानलबाट राजन साम्पाङ, अच्युतराज सुवेदी, अनिल वाग्ले, र सुनिरा मैनाली निर्वाचित हुनु भएको छ । त्यसैगरी केन्द्रिय परिषद सदस्यमा गोपाल काफ्ले , ज्ञानेन्द्र निरौला र कृष्ण हुमागाँई निर्वाचित हुनु भएको छ भने प्रदेश परिषद सदस्यमा उमानाथ भण्डारी, ईश्वर अधिकारी,टकिाराम उप्रेती,डिल्लीराम घोसाई, तुलसी प्रसाद निरौला,,राजकुमार ओली, राजु पौडेल, रोहित काफ्ले,केयाुप्रसाद अधिकारी,सागर गौतम निर्विरोध निवाचित हुन भएको निर्वाचन समितीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker