नेपाल पाराभेटेरीनरी एण्ड लाईभष्टक एशोसिएसन झापाको अध्यक्षमा ः न्यौपाने

उमानाथ भण्डारी
कमल, चैत २२ ÷ आगामी दुई वर्षे कार्यकालकालागी शान्तिराम न्यौपानेलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गराउदै नेपाल पाराभेटेरीनरी एण्ड लाईभष्टक एशोसिएसन (नेभ्ला) को १० औ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
सुरुङ्ग स्थित कन्काई सामुदायीक वन को सभाहलमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा सोम विष्ट, सचिव धनपति न्यौपाने कोषाध्यक्ष घनेन्द्र भण्डारी,सदस्य जिवन नेपाल, खेसराज कटुवाल,विश्मा काफ्ले ( कोईराला),मदन भण्डारी,भाग्य यादव, जीवन नेपाल, टिकाराम पाण्डे र पर्शुराम विराजी यादव सर्व सम्मत चयन हुनु भएको निर्वाचन समितीका संयोजक भरत श्रेष्ठले जानकारी दिनुभयो ।
पशुस्वथ्यकर्मिले गुणस्तरिय सेवा प्रदान गर्न सकेमात्र यो पेशामा स्थापितहुन सकिने भएकोले अवका दिनमा पशुस्वथ्यकर्मिले आफ्नो क्षमतामा निखार ल्याउनुपर्ने कार्यक्रममा प्रमुख अतिथी तथा नेपाल पाराभेटेरीनरी एण्ड लाईभष्टक एशोसिएसनका केन्द्रिय अध्यक्ष राम प्रसाद मेहेताले बताउनु भयो ।
पशुस्वस्थ्यका साथै सामाज रुपान्तरणका लागी महत्व पुर्ण भुमिकामा रहेका पशुस्वस्थ्यकर्मिको अझै पनि पशुको उपचारमा केहि कानुनि जटिलता भएकोले त्यसलाई समाधानगर्न केन्द्रिय कमिटी लागीपरेको मेहेताले बताउनु भयो ।

कार्यक्रममा उत्कृष्ट पशुस्वस्थ्यकर्मि अन्तरगत रानुमाया श्रेष्ठ , उध्यमि तर्फ मेचिनगर २ स्थित भरज्वज कृषि तथा पशुपालन फर्मका सन्चालक बद्रि निरौला र गौरादह ४ स्थित प्रभासि झापाली एग्रो लाई सम्म्मान गरिएको थियो ।
कार्यक्रममा मदन भण्डारी प्रतिष्ठान नेपाल उर्लावारीका तालिम तथा सामुदायीक विकास प्रमुख रुद्र तामाङ्ग, नेपाल पशुपंक्षि औषधि व्यवसायी संघ प्रदेश नम्वर १ का पुर्व अध्यक्ष उज्वल भट्टराई, मोरङ्ग नेभ्ला अध्यक्ष तारा अर्याल, नेल्टा झापा अध्यक्ष पदम राई, लगायतले अधिवेशन सफलता शुभकामन मन्तव्य दिनु भएको थियो ।
नेपाल पाराभेटेरीनरी एण्ड लाईभष्टक एशोसिएसन झापाका अध्यक्ष प्रेम सापकोटाको अध्यक्षमा सम्पन्न कार्यक्रम उपस्थित अतिथी तथा सहभागी लाई सदस्य धनपति न्यौपान स्वगत गर्नु भएको थियो भने सचिव दिवश राईले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।