सवारी दुर्घटना र लागुऔषधी प्रयोगमा न्युनिकरणका लागी सरोकारवाला संग छलफल तथा अन्तरकृया

उमानाथ भण्डारी

कमल, चैत २१ ÷ दिनानुदिन बढिरहेको सवारी दुर्घटना र लागुऔषधी प्रयोगमा न्युनिकरणका लागी शुक्रवार केर्खामा सरोकारवाला संग छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी चौकी केर्खाको आयोजनामा भएको छलफल तथा अन्तरकृया कार्यक्रममा उपस्थित सहभागीले सडकमा दैनिक जसो हुनेगरेको सवारी दुर्घटना तथा लागुऔषधी न्युनिकरणका कालागी सबैले आ आफ्नो ठाउमा सजकता अपनाउनु पर्ने सहभागीले बताउनु भएको थियो ।
जसका लागी अहिले सञ्चालन भैरहेको ट्राफिक प्रहरी पोष्ट व्यास्थापन र प्रहरी चौकी केर्खाले भोगचलन गरिरहेको जमिन घेरावारा लगायतका विषयमा समेत छलफल भएको थियो ।
ट्राफिक प्रहरी पोष्ट व्यास्थापन र प्रहरी चौकी केर्खाले भोगचलन गरिरहेको जमिन घेरावारा गर्नकालागी गौरिमान फागोको संयोजकत्वमा १३ सदस्य समिती समेत गठन गरिएको प्रहरी चौकी केर्खामा ईन्चार्ज राजेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker