शिवसताक्षी नगरपालिका ८ झिलझिलेमा ४२ करोड रुपैयाको लगानीमा वाटर किङ्गडम पार्क संचालन

उमानाथ भण्डारी

No posts found.

कमल, फागुन १ ÷ प्रदेश नम्वर १ कै सुविधा सम्पन्न वाटर किङ्गडम पार्क एण्ड रिसोर्ट प्रा. लि संचालनमा आएको छ ।
झापाको शिवसताक्षी नगरपालिका ८ झिलझिलेमा ४२ करोड रुपैयाको लगानीमा वाटर किङ्गडम पार्क संचालनमा आएको हो ।

This image has an empty alt attribute; its file name is zxas-1024x472.jpg


साढे २ बिगाह जमिनमा फैलिएको यस पार्कमा पानीबाट मात्र खेलेर मनोरञ्जन लिनसकिने ८ प्रकारका खेलहरु स्विमिङ पुल, वेब पुल, मल्टिलेण्ड स्लाइड, वेब स्लाइड, क्रुसर स्लाइड, सोफालेण्ड स्लाइड र पेन्डुलम स्लाइड रहेको र यसबाट आन्तरिक तथा बाह्य पर्यटकहरुले भरपुर मनोरञ् जन लिन सकिने प्रा.लि.का कार्यकारी निर्देशक राजकुमार संग्रौलाले बताउँनुभयो ।

This image has an empty alt attribute; its file name is zxrt-1024x472.jpg


बच्चाहरूका लागि छुट्टै किड्स जोन र सिक्स्पा पार्क र बुढापाकाहरुका लागि विश्राम चौतारी समेत संञ्चालनमा ल्याइएका छ । युवायुवतीका लक्षित गरि पार्क संचालनमा ल्याएको भएपनि केटाकेटी र बृद्धबृद्धाका लागि समेत पार्कमा छुट्टै मनोरञ्जनात्म खेल तमासाहरु राखिएको जनाइएको छ । पार्कभित्र खान बस्न र पार्क भित्रका दृश्यहरू अवलोकनका लागि विभिन्न संरचनाहरू निर्माण गरिएको र पार्कमा पर्यटकका लागि ४५ मिटर लामो सुरुङ मार्ग समेत सञ्चालनमा ल्याइएको निर्देशक संग्रौलाले जानकारी दिनुभयो ।
आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधासम्पन्न २८ वटा कोठाको दुई वटा भवन निर्माण गरिएको छ जसमा ‘एउटा भवनमा पार्टी प्यालेस सञ्चालन हुनेछभने र अर्को भवनमा आगन्तुक पाहुनाको आवास का रुपमा प्रयोगहुने सञ्चालक संग्रौलाले बताउनुभयो । पूर्वमा घुम्न आउने पर्यटकका लागि शिवसताक्षी नगरको वाटर किङडम पार्क प्रदेश नम्वर १ कै उत्कृष्ट रोजाई पर्ने समेत संग्रौलाले दावि गर्नुभयो ।
शनिवार पत्रकार सम्मेलन मार्फत पार्क औपचारीक रुपमा सन्चालनमा ल्याईएको प्रा.लि.का सन्चालकले बताउनु भएको छ ।
स्थानिय ठाउँमा यति ठुलो लगानीमा वाटर किङडम पार्क सन्चालनमा ल्याईनु चानचुने कुरा होईन । यसलाई तपाई हामि सबैले सहयोग गर्नु पर्छ यो पार्क सन्चालकले सन्चालनमा ल्याएपनि नगरको गहनाको रुपमा रहेको शिवसताक्षी नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष केयर सिंह बस्नेतले बताउनु भयो ।

पूर्व–पश्चिम राजमार्गको शिवसताक्षी ८ झिलझिलेबाट करिब तीन सय मिटरको दुरीमा पार्क पर्छ । यो पार्कमा घुम्न आउने जो कोहीले पनि भरपुर मनोरन्जन लिन सकिने वाटर किङ्गडम पार्क एण्ड रिसोर्ट प्रा. लि का अध्यक्ष मेनुकादेवी सिटौलाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker