व्याडमिन्टर प्रतियोगिताको उपाधी वडा नम्वर ६ को हातमा

उमानाथ भण्डारी

कमल, फागुन २७ ÷कमल गाउँपालिकामा सम्पन्न वडा स्तरीय डवल व्याडमिन्टर प्रतियोगिता २०७७ को उपाधी वडा नम्वर ६ ले जितेको छ ।
नव ज्योती सयपत्री क्लवको आयोजना र कमल गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित प्रतियोगिता वडा नम्वर ६का घनेन्द्र दाहाल र दिवान राईको टिमले प्रतियोगिता जितेको हो ।
त्यसैगरी वडा नम्वर ३ का अभिनास राई र कुवेर लिम्बुको टिम प्रतियोगिताको उपविजेता भएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ हजार रुपैया ट्रफि र मेडल हात पारेको छ भने उपविजेता टिमले नगद १० हजार रुपैया ट्रफि र मेडल प्राप्त गरेको छ ।
प्रतियोगिताको म्यान अफ द सिरिज वडा नम्वर ४ का यासु लिम्बु हुनुभएको छ । वहाँले ट्रफि र मेडल र प्रामाण पत्र प्राप्त गर्नु भएको छ ।

This image has an empty alt attribute; its file name is df-1024x472.jpg


प्रतियोगितामा वडा कमल गाउँपालिका का ७ वटा वडाका १२ वटा टिम सहभागि भएका थिए ।
शारिरिक तथा मानसिक रुपमा स्वस्थ्य रहन खेल अतिनै आवश्यक छ । यसका गाउँपालिका सहगोग गरि रहेको छ । पछिल्लो समय मोवाईलमा विभिन्न प्रकारका खेल खेल्न थालेका कारण अहिले बच्चाहरु फुटवल ,भलिवल व्याडमिन्टन जस्ताखेल खेल्न छाडी सकेका छन् । अव बच्चालाई खेल क्षेत्रलाई अगाडी बडाउनु पर्ने आवश्यक रहेको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।
मोवाईलका कारण बच्चाहरुले खेल खेल्न छाडी सकेका छन् मोवाईलमा भएका विभिन्न खेलले गर्दा नानिहरुमा शारिरिक भन्दा मानसिक रुपमा दवाभ हुने गरेको छ यसले भविश्यमा ठुलो सम्स्या आउन सक्छ यस प्रति सबैले सोच्नेवेला आएको क्लवका सल्लाकार गौरिमान फागोले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is cfr-1024x472.jpg


क्लवले प्रयोग गर्दै गरेको जविन अहिले सम्म पनि ऐनाली भएका कारण यसलाई क्लवको नाममा दर्तागरि धनिपुर्जा उपलब्ध गराउनकालागी आवश्यक सहयोग गरिदिन गाउँपालिका सँग क्लवका सचिव कुवेरधन अधिकारीले बथाउनु भयो ।
क्लवका अध्यक्ष सुर्य प्रसाद लिम्बुको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा उपस्थित अतिथी तथा खेलाडीलाई सदस्य भिम अधिकारीले स्वगत गर्नु भएको थियो भने सदस्य भिम प्रसाद राईने सन्चालन गर्नु भएको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker