पतन्जली योग युवा समिती नेपालको आयोजनामा विषेश आसन प्रतियोगिता हुने

उमानाथ भण्डारी

No posts found.

कमल, फागुन २६ ÷ पतन्जली योग युवा समिती नेपालको आयोजनामा विषेश आसन प्रतियोगिता हुने भएको छ ।
२०७८ साल बैशाख ११ गते काठमाडौमा विषेश आसन प्रतियोगितामा हुने युवा समिती नेपालले जनाएको छ ।
सातैवटै प्रदेश बाट छनौट भएका उत्कृष्ट प्रतियोगिलाई मात्र विषेश आसन प्रतियोगितामा सहभागी गराईने तयारी भै रहेको समितीले जनाएको छ ।

This image has an empty alt attribute; its file name is 1-724x1024.jpg


प्रतियोगितामा भाग लिन ईच्छुक योग शिक्षकले २०७७ साल फागुन २८ गते भित्रमा आवेन दिनु पर्ने छ । फागुन २९ गते बाट चैत २० सम्म अनलाईन बाट विशेष कक्षा सन्चालन गरिने छ । त्यो तालिम बाट छनौट भएका प्रतियोगिलाई चैत २१ देखी २४ गते सम्म प्रदेश स्तरिय विशेष तालिममा सहभागी गराईने छ र त्यस बाट छनौट भएका प्रतियोगिले मात्र राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने युवा नेपाल प्रदेश नम्वर १ का युवा प्रभारी बाबुराम बस्नेतले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is 2-2-670x1024.jpg


प्रतियोगितमामा भागलिन ईच्छुक योग शिक्षकलाई विभिन्न उमेर समुहमा विभिाजन गरी प्रतियोगीतामा सहभागी गराईने छ ।
जस अन्तरगत ७ देखी १३ वर्ष , १४ देखी १९ वर्ष ,२० देखी २९वर्ष ३० देखी ४० वर्ष र ४० वर्ष भन्दा माथि उमेर समुह अन्तरगत महिला र पुरुस बिच फरक फरक ग्रुप बनाएर प्रतियोगीता आयोजना गरिने युवा नेपाल प्रदेश नम्वर १ का युवा प्रभारी बस्नेतले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले २१ हजार रुपैया र ट्रफी, द्वतिय हुनेले ११ हजार रुपैया र ट्रफी तथा तृतिय हुनेले ५ हजार एकसय रुपैया र ट्रफी प्राप्त गर्नुहुने छ । प्रतियोगितामा भागदिन चाहाने योग शिक्षकले व्याक्तिगत भए ५०० रुपैया र सामुहिक भए १ हजार स्पैया तिरेर दर्ता गर्नुपर्ने युवा समितीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker