कोभिड १९ विरुद्ध दोश्रो चरणको खोप अभियान चैत १ देखी सुरु६५ वर्ष भन्दा माथीका सबैले अनिवार्य लगाउनुपर्ने

कमल, फागुन २५ ÷ दोश्रो चरणको खोप अभियान अन्तरगत आगामी चैत १ गते देखी ५ गते सम्म ६५ वर्ष भन्दा माथीका जेष्ठ नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाउने भएको छ ।

No posts found.
This image has an empty alt attribute; its file name is aaa.jpg


नेपाल सरकारले जेष्ठ नागरिकलाई खोप लगाउनु सहजहोस भनेर पालिका स्तरमा नै खोप लगाउने व्यवस्था मिलाएको छ । यसै विषयमा कमल गाउँपालिकाले पनि आफ्ना नागरिकलाई सहजरुपमा खोप लगाउन सकियोस भनेर वडाका विभिन्न ठाउँका खोप केन्द्र सन्चालन गरिने र त्यसका लागी आवश्यक सहयोगकालागी जनप्रतिनिधी, टोल विकास सस्था, स्थानिय संघ सस्थासंगको सहकार्यमा खोप सन्चालन गरिने कमल गाउाँपलिका स्वस्थ्य शाखाका प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is dfr.jpg


दोश्रो चरणको खोप अभियान अन्तरगत कमल गाउँपालिकामा ६ हजार ३ सय १८ जना लक्षित बर्ग रहेका छन् र वहाँहरुलाई व्यवस्थित रुपमा खोप लगाउनकालागी ११ वटा खोप केन्द्र सन्चालन हुनेछन् र सो खोप केन्द्रमा स्वस्थ्य कर्मि र स्वयम सेवक गरि १२ जना खटिनुहुने प्रमुख थुलुङ्गले जानकारी दिनुभयो ।
पहिलो पटक खोप लगाएको ८ हप्ता पछि पुन दोश्रो पटक खोप लागाउनु पर्छ । उच्च जोखिममा रहेका वाहेक सबैले अनिवार्य खोप लगाउन सकिने स्वस्थ्य कर्मिले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker