अर्जुनधारा नगरपालिकाकामा पशुपालन व्यवसायमा फस्टाउदै

उमानाथ भण्डारी

No posts found.

कमल , फागुन १८÷झापाको अर्जुनधारा नगरपालिकाका यतिवेला पशुपालन व्यवसायमा आकर्षित हुन थालेका छन् ।
पशुपालन व्यवसायमा युवाहरुको आकर्षण बढे सगै नगरपालिकाले त्यस्ता युवालाई प्रोत्साहन गर्ने खालका विभिन्न कार्यक्रम सन्चालनमा ल्याएको छ ।
संघ ,प्रदेस र स्थानिय तहले समेत पशुपालनमा लागेका कृषकका निम्ति विभिन्न अनुदान तथा प्रविधिक सेवा उपलब्ध गराएका कारणले पनि युवाहरुको पशुपालन तर्फ आकर्षण बढेको हो ।
अर्जनधारा नगरपालिका वडा नम्वर ५ स्थित दयार कृषि फर्म दर्तागरी चार वर्ष देखी व्यवसायीक रुपमा बाख्रापालन सुरु गरी हाल यसै पेसालाई मुख्य व्यवसाय बनाउदै वार्षिक रुपमा एकलाख भन्दा बढी आम्दानी गर्न सफल हुनुभएको देवकला प्रसाई बताउनुहुन्छ । मैले सुरुमा २ वटा वाख्रा बाट व्यवसाय सुरुगरेकी थिए अहिले ३५ वटा बख्रा छन् । बाख्रा पालन बाट राम्रो हुने भएर यस व्यवसाय रोजेको वहाँ बताउनुहुन्छ ।

This image has an empty alt attribute; its file name is got-1024x472.jpg


सरकार बाट उपलब्ध गराईने दुई चारलाख रुयैया अनुदान मन्दा पनि आफुलाई तालिम र प्राविधिक सेवा पाए राम्रो हुने थियो । यो पटक प्रदेश सरकार बाट १० लाख रुपैया अनुदान पाउदै छु । त्यो भन्दा पनि प्रविधिर बजार व्यवस्था भए राम्रो हुने अर्जुनधार नगरपालिका वडा नम्वर ३ स्थित लिङदेन कृषि फर्मकी सन्चालिका सुमित्रा लिङदेन बताउनुहुन्छ ।
जबसम्म युवाहरु कृषि पेसामा आउदैन् तब सम्म नाराले मात्र केहि हुदैन त्यसैले यो पेसामा केहि गरौ भनेर आफुले एयरलाईन्सको जागीर छोडेर गाई पालन व्यवसायमा लागेको हुँु । १ करोड रुपैयाको लगानी सुरुगरेकोे फर्ममा अहिले ३० वटा गाई छन् । दैनिक २ सय लिटर दुध विक्रि गरेर मासिक १ लाख रुपैया आम्दानि गर्ने गरेको अर्जुनधारा नगरपालिका वडा नम्वर ६ स्थित कन्काई कृषि फर्मका संचालक सुवोध ढुङ्गेल बताउनुहुन्छ ।
नगरपालिकाले पशुपालन गर्ने कृषकलाई विभिन्न समुह बनाएर कार्यक्रम सन्चालन गरिरहेको छ । नगरमा भएका गरिव, मध्यम र व्यवसायीक कृषकलाई उनिहरुको अवस्था हेरेर सोहि अनुसारको सहयोग गरेका छौ । नगरपालिकाको पशुसेवा शाखाले प्रविधिक सेवाका साथै निशुल्क औषधि समेत वितरण गरेकोले पनि पशुपालनतर्फ कृषको आकर्षण बढेको अर्जुनधारा नगरपालिकाका पशुपंक्षीं तथा कछुवा विकास शाखाका प्रमुख पदमलाल राई बताउनुहुन्छ ।
यस आर्थिक बर्ष बाट संघ र प्रदेश बाट आएको अनुदान रमक मात्र हामिले कृषकलाई वितरण गर्यौं । हामिले कुनै रकम दिएका छनौ । अनुदानले कृषकलाई फाईदा नभएको हामीले बुझेपछि अनुदान दिनुभन्दा बरु कृषकले उत्पादन गरेको बस्तु बजारीकरणतर्फ हामि लागेका छौ। जसका कारण कृषकले उत्पादन गरेको बस्तुले बजारपनि राम्रो पाएको छ भने अर्को तर्फ उत्पादित बस्तुले मुल्य पनि राम्रो पाएको अर्जुनधारा नगरपालिकाका प्रमुख हरीकुमार रानाले बताउनु भयो ।
कृषक आफुले लगानी गर्नु भन्दा पनि अनुदान लिनकालागी कृषि फर्म सन्चालन गर्ने र अनुदान पाएपछि व्यवसाय छोड्ने गरेका धेरै घटना छन् । जसका कारण सरकारी अनुदान वास्तविक किसान संग पुग्न पाएको छैन । यसको अत्य गर्नकालागी अर्जुनधारा नगरपालिकाले अनुदान भन्दा पनि कृषकले उत्पादन गरेको बस्तुको बजारकिरण गर्न सुरुगरेको छ । यो अन्यन्तै राम्रो कामको थालनी भएको छ ।
अवका दिनमा कृषकलाई अनुदान दिनुभन्दापनि कृषकले उत्पादन गरेको बस्तुको उचित मुल्यमा स्थानिय तहले बजारीकरणतर्फ ध्यान दिने हो भने कृषि पेसामा लागेका युवा आफ्नो व्यवसाय छोडेर पलाएन हुनुपर्ने अवस्थाको अन्त्यहुने थियो की ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker