कारितास नेपाल द्वारा युवालाई विपद् व्यवस्थापन सम्वन्धि तालिम प्रदान
फोटो फिचर

उमानाथ भण्डारी
कमल, फागुन १५ ÷ कारितास नेपालको आयोजनामा झापाको कमल गाउँपालिका मा रहेका युवालाई विपद् व्यवस्थापन सम्वन्धि तालिम प्रदान गरिएको छ ।

सामाजिक परिवर्तन तथा उत्थानशिलताकालागी युवा सशक्तिकरण परियोजना अन्तरगत कारितास नेपालले गठन गरेका कमल गाउपालिकाका ७ वटै वडाका वडास्तरिय युवा क्लवका प्रतिनिधीलाई विपद् व्यवस्थापन , पुर्व तयारी लगायतका विषयमा तालिम प्रदान गरिएको कारितास नेपाल दमक शाखाका प्रमुख देवेन्द्र पोख्रेले बताउनु भयो ।

तालिम मा प्रकोप न्युनिकरण, मानविय साहायता सम्वन्धि कारितास नेपालका विपद व्यवस्थापन डेक्सका प्रमुख लक्ष्मिराम जोशीको टोलिले दुईदिन सम्म शैदान्तिक विषयमा सहजीकरण गर्नु भएको थियो भने तेश्रो तथा अन्तिमदिन भएको प्राक्टिकल कक्षा नयाँ श्रीनाथ गण चारआलि व्यारेका सह सेनानी सुरज कटुवालको टोलीले सहजी करण गर्नु भएको थियो ।

गाउँपालिकाका युवाहरुको नेतृत्व तथा क्षमता विकास भएको छ । तालिम प्राप्त युवाहरुलाई भोलिको दिनमा गाउँपालिका मा आई पर्ने विभिन्न प्रकारका विपद्मा परिचालन गरेर विपद्मा परेकालाई उद्धार गर्न ठुलो सहयोग पुग्ने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।

तालिममा सर्पको टोकाई, आगलागी र भुकम्प जस्ता विपद्का समयमा कसरि उद्दार गर्ने भन्ने विषयमा विध्यार्थि लाई स्थलगतरुपमा तालिम प्रदान गरिएको कारितास नेपालका सामुदायीक सहजकर्ता गोविन्दराज कट्टेलले जानकारी दिनुभयो ।
