कमल गाउँपालिकाको आयोजनामा लोकसेवाको तयारी कक्षा सुरु

कमल, फागुन ७ ÷ पछिल्लो समय युवा पुस्तामा सरकारी जागिरे बन्ने लहड चलेको छ । यसोत सरकारी जागीरे बन्न कस्लाई पो मन हुदैन र ? तर मनको लड्डु घिउ सँग खानु र लोकसेवा आयोगले लिएको परिक्षा पास गरेर सरकारी जागिर बन्नु उस्तै हो ।
लोक सेवा आयोगले लिएको परिक्षा पास गरेर सरकारी जागिरे बन्ने अवसर थोरैलाई मात्र प्राप्त हुने गर्दछ ।

लोकसेवा आयोगले खुलाएको सिमित कोटामा परिक्षा दिएर पास भएर सरकारी जागिरे बन्नु तेति सजिलो छैन । तर यस्तो अवस्थालाई अहिले झापाको कमल गाउँपालिकाले सहज बनाउने कोसिश गरिरहेको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षको युवा लक्षित कार्यक्रम अन्तरगत साईवर स्पेस ईन्स्टिच्युट (सि.एस.सि.आई ईजुकेशन फाउण्डेसन दमकको सहकार्यमा ४५ दिने निःशुल्क तयारी कक्षा दिन सुरु गरेको छ ।
गत वर्ष नै लोकसेवाको तयारी कक्षा सन्चालनका लागी बजेट विनियोजन गरेपनि विध्यार्थिको माग नभएकाले सन्चालन गर्न सकिएन तर यस वर्ष विध्यार्थि बाट माग आएकोले तयारीकक्षा सुरु गरेको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।
कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले आफु सरकारि जागिरमा प्रवेस गर्दाको अनुभव सुनाउदै ध्यानदिए अध्यायन गर्नेहोभने लोकसेवा सजिलै सग पास गर्न सकिने बताउदै सहभागी विध्यार्थिलाई शुभकामना दिनुभएको थियो ।

गाउँपालिकाले तालिम लिने विध्यार्थिका लागी ठुलो खर्च गरेकोहुँदा विध्यार्थिले ध्यान पुर्वक अध्यानगर्नु पर्ने हुन्छ । नियमित कक्षामा उपस्थितहुने विध्यार्थिकालागी फाउण्डेसनको तर्फ बाट निशुल्क कम्प्युटर तालिम समेत प्रदान गरिने सि.एस.सि.आई ईजुकेशन फाउण्डेसन दमकका सस्थापक प्रिन्सिपल राजु गौतमले जानकारी दिनुभयो ।
कार्यक्रममा कमल गाउँपाालिका वडा नम्वर ५ का वडा अध्यक्ष नरेन्द्र भट्टराईले महिला तथा वालालिका शाखाका प्रमुख रेनुका गौतम लगाएतको उपस्थिती रहेको थियो । तालिम कार्यक्रमको उद्घाटन सत्रलाई फाउण्डेसनका सदस्य मदन अधिकारीले सन्चालन गर्नु भएको थियो भने कार्यक्रममा उपस्थित अतिथी तथा सहभागी लाई फाउण्डेसनका सदस्य तिलचन्द्र अभिकारीले शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो ।
तालिमका कमल गाउँपालिकाका ८० जना विध्यार्थि सहभागी रहेको गाउँपालिकाले जनाएको छ ।