भागरथीको हत्यापछि न्यायका लागि भएको प्रदर्शनमा सहभागी थिए आरोपी

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्ट २१ माघ बुधबार साँझ घर फर्किइनन् । परिवारले खोजतलासका लागि प्रहरीलाई आग्रह गर्‍यो, स्थानीय पनि खोजीमा निस्किए ।

बिहीबार उनको शव सनातन धर्म माध्यमिक विद्यालयबाट घर फर्किने सडकबाट ५० मिटर तल झाडीमा भेटियो । भागरथी प्रकरण कञ्चनपुरको निर्मला प्रकरण जस्तो नहोस् भन्दै स्थानीयले शुक्रबारबाट आन्दोलन र प्रदर्शन थाले । त्यही प्रदर्शनको अग्रपङ्तिमा विद्यालयको कक्षा ११ मा अध्ययनरत १८ वर्षीय दिनेश भट्ट पनि सहभागी थिए ।
तर, भट्टको बलात्कारपछि हत्यामा उनकै संलग्नता पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले बताए । प्रहरीले भट्टलाई जिल्ला प्रहरी कार्यालय, बैतडीमा पत्रकार सम्मेलन गरेर बुधबार दिउँसो ११ बजे सार्वजनिक गर्ने तयारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बैतडीका एक अधिकृतका अनुसार घटनामा संलग्न हुनसक्ने आशंकामा भट्टलाई यसअघि पनि बोलाएर सोधपुछ गरिएको थियो ।

‘सोधपुछ गरे पनि अन्य व्यक्ति पनि संलग्न हुनसक्ने आधार देखिएकाले तीन जनालाई क्लोज सर्भिलेन्समा राखेका थियौं’, उनले सुनाए, ‘अन्त्यमा सबै वस्तुस्थिति र प्रमाणले भट्ट नै घटनामा संलग्न भएको देखियो ।’

प्रहरी निगरानीमा रहेका व्यक्ति नै प्रदर्शनमा आउन थालेपछि संघर्ष समितिका व्यक्तिसँग आन्दोलनलाई राकिदिन पनि अधिकृतहरुले आग्रह गरेका थिए ।
विद्यालयबाट पछ्याउँदै आएर हत्या

हत्याका लागि बलियो कारण समेत उनले बयानका क्रममा खुलाएका छन् ।

दुई परिवारबीच लामो समयदेखि रहेको विवादका कारण प्रतिशोध साँध्न हत्या गरेको भट्टले बयान दिएका छन् । स्रोतका अनुसार उनले विद्यालयबाटै पछ्याउँदै आएको भनेका छन् ।

दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा एकान्तमा भेटेपछि उनलाई घचेटेको आरोपीको बयान छ ।

त्यसक्रममा झाडीमा लडाएर हत्या गरेको उनले भनेका छन् ।

जिल्ला अस्पताल बैतडीमा भएको पोष्टमार्टम रिपोर्टले भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको देखाएको थियो । उनलाई घिसारिएको जस्तो संकेत झाडी मडारिएकाले पनि देखिएको थियो । जबरजस्ती तानेकै कारण शरीरका विभिन्न भागमा पनि चोट देखिएको थियो ।

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदी आफैं खटिएका थिए । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट पनि प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखुको नेतृत्वमा टोली खटिएको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker