नेकपा झापा क्षेत्र नम्बर ५ को अगुवा कार्यकर्ता भेला सम्पन्न तथा क्षेत्रीय कमिटी, प्रदेश क्षेत्रीय कमिटीमा मनोनित सदस्यलाई सपथग्रहण

उमानाथ भण्डारी

कमल,फागुन ४ ÷ नेपाल कम्युनिष्ट पार्टी नेकपा झापा क्षेत्र नम्बर ५ को अगुवा कार्यकर्ता भेला कमल गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा मनोनित क्षेत्रीय कमिटी, प्रदेश क्षेत्रीय कमिटी तथा अखिल नेपाल महिला संघ क्षेत्रीय कमिटीमा मनोनित सदस्यलाई नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले सपथग्रहण गराउनु भएको थियोे ।
विधानले दिएको अधिकार प्रयोग गर्दै झापा क्षेत्र नम्वर ५ क्षेत्रीय कमिटीको संयोजक मदन अधिकारी सहसंयोजक नेत्र दाहाल सहित ८१ जना , त्यस्तै क्षेत्रीय कमिटी ५ (क) मो योगराज दाहालको संयोजकत्वमा ५१ जना र त्यस्तै क्षेत्रीय कमिटी ५ (ख) को वोधराज न्यौपाने संयोजकत्वमा ५१ जना तथा अखिल नेपाल महिला संघ क्षेत्रीय कमिटीमा संयोजक पछि तोक्नेगरी ३९ जना सदस्यलाई मनोनित गरिएको थियो ।

This image has an empty alt attribute; its file name is qw-2-1024x472.jpg


क्षेत्रीय कमिटी संयोजक मदन अधिकारी को अध्यक्षतामा भएको कार्यक्रममा नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्न नदिएकै कारण अहिले ताजा जनादेशकालागी चुनाव जानुपर्ने बताउनु भयो । वाहाँले ओली नेतृत्वको नेकपा नै आधिकारिक रहेको समेत बताउनु भयो । नेकपाका केन्द्रिय सदस्य तथा १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सरकारले जनताको जनजिविकाको रक्षाका लागि काम गरिरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा झापा इञ्चार्ज तथा राष्ट्रिय सभाका सदस्य देवेन्द्र दाहालले ताजा जनादेशमा जानुको बिकल्प नभएको बताउनुभयो । नेकपा जिल्ला अध्यक्ष चिन्तन पाठकले फागुन ८ गते हुने जनसभामा सहभागीताका लागि अगुवा कार्यत्रर्तालाई अपिल गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker