कांग्रेस सहमत भए संयुक्त आन्दोलन ः चेम्जोङ्

कमल , फागुन २÷ जनता समाजवादी पार्टीका नेता रकम चेम्जोङ्ले संसद विघटनका विरुद्ध नेपाली कांग्रेस सहमत भए संयुक्त आन्दोलन शुरु गर्ने बताएका छन् । ताप्लेजुङ्बाट फर्कने क्रममा झापाको दमकमा आईतबार भएको पत्रकार भेटघाटमा उनले लोकतन्त्रको रक्षाका लागि कांग्रेस पनि यसमा तयार हुने विश्वास व्यक्त गर्नुभएको छ ।
हरेक लोकतान्त्रिक परिवर्तनमा कांग्रेसले महत्वपूर्ण भुमिका निर्वाह गरेकाले संसद विघटन पछि लोकतन्त्रमा परेको खतरा प्रति कांग्रेस पनि सजग रहेको हुन सक्ने वहाँले बताउनुभयो ।
लोकतन्त्रमा कोहि पनि निर्वाचनबाट भाग्न नहुने तर्क जायज रहे पनि अहिले अलोकतान्त्रिक प्रकृयाबाट संसद विघटन गरि निर्वाचन घोषणा गरिएकाले यो मान्य नहुने वहाँको भनाई थियो । म्यानमारमा सेनाले सत्ता कव्जा लिएको घटनासँग नेपालको तुलना गर्दै उनले नेपालमा पनि म्यानमारको जस्तै कु गरिएको तर प्रकृयामा मात्र गलत भएको उनले दावि गर्नुभयो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker