कारितास नेपाल र डि पि एल युथ टिमको आयोजनामा केर्खामा रक्तदान कार्यक्रम

कमल,फागुन १÷ कारितास नेपाल द्वारा गठीत केर्खा युवा क्लव र डि.पि.एल.युथ टिमको आयोजनामा आज शनिवार केर्खामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिककार्यमा सक्रिय केर्खा युवा क्लव र डि.पि.एल.युथ टिमको आयोजना र कमल गाउँपालिको समन्वय तथा नेपाल रेडक्रस सोसाईटी दमकको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

This image has an empty alt attribute; its file name is asd-1024x472.jpg


केर्खा युवा क्लव र डि.पि.एल.युथ टिमका अध्यक्ष राजन चापागाईको अध्यक्षामा सम्पन्न रक्तदान कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले युथ टिम र डि.पि.एल.टिमका लागेर समाजमा रक्तदान जस्तो महत्वपुर्ण कार्यक्रम गरी समाजमा उदारणीय कार्यगरेकोमा प्रशंसा गर्नु भएको थियो ।

This image has an empty alt attribute; its file name is r5-1024x472.jpg


कार्यक्रममा विशेष अतिथी लायन्स क्लव अफ केर्खा अध्यक्ष अग्निप्रसाद कोईराला, डि.पि.एल.का प्रतिनिधी बिनोद उप्रेती, कारितास नेपालका प्रतिनिधी रविन भट्टराई लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रमा २२ जनाले रक्तदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker