कृषकलाई प्रविधि हस्तान्तरण जोड ः मन्त्री राना
कमलमा प्रथम आलु महोत्सव तथा कृषि मेला सम्पन्न

उमानाथ भण्डारी
कमल, माघ २९÷ १ नम्वर प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले किसानहरुले परम्परागत रुपमा खेती गर्दै आएकाले उनीहरुलाई प्रविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
कमल गाउँपालिकाको आयोजना तथा कृषि ज्ञान केन्द्र झापा र आई.पि.एम. आलु ब्लक सन्चालन समितीको व्यवस्थापनमा कमल गाउँपालिकामा सम्पन्न कृषि मेला प्रदर्शनि तथा आलु महोत्सव २०७७ को अवलोकन पछि आफ्नो मन्तव्यका क्रममा मन्त्री रानाले सो कुरा बताउनु भएको हो ।

त्यसैगरी कतिपय कृषि उपजहरु उत्पादन हुन साथ बिक्री नगरे बिग्रन सक्ने तर तत्काल बिक्री गर्दा किसानले लागत समेत उठाउन नसक्ने भएकाले उनीहरुलाई प्रविधि प्रदान गर्न सके प्रशोधन गरेर कृषकले आफ्नो उत्पादन बढी मुल्यमा बिक्री गर्न सकनि मन्त्री रानाले बताउनुभयो ।

कृषकलाई कृषि परिचय पत्र उपलब्ध गराउने तयारी भैरहेको र त्यसैको आधारमा अनुदान लगाएत सरकारका बाट उपलब्ध गराईने सेवा प्रदान गरिने समेत मन्त्री रानाले बताउनु भयो ।
गाउँपालिकाले कृषकलाई विभिन्न किसिमको अनुदान दिएपछि पछिल्लो समय याहाँका कृषक कृषि पेशातर्फ लागेका हुन् । कृषकले उत्पादन गरेका बस्तुको मुल्याङ्कन गरी उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने जसले गर्दा कृषकमा थप उत्साह बढ्ने भएकोको गाउँपालिकाले प्रथम आलु महोत्सव तथा कृषि प्रदर्शनी गरेको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।

गाउँपालिकाले कृषकलाई प्रोत्साहित गर्न कृषि मेला, किसान दिवश, विषदी मुक्त सप्ताह जस्ता कार्यक्रम सन्चालन गरिरहेको छ । जसले गर्दा कृषि पेशातर्फ लाग्न कृषकलाई थप मद्धत पुग्ने कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटी बताउनु हुन्छ ।

गाउँपालिकाले ७ औं गाउँसभाबाट कमल गाउँपालिकालाई आग्र्यानिक युक्त उत्पादन बनाउनकालागी निती, कार्यक्रममै उल्लेख गरेको छ । हामि कृषिलाई कसरि आग्र्यनिक बनाउने र कृषकलाई व्यवसायीक बनाउने भनेर कृषि गुरुयोजना तयार भैरहेको गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत सुवास श्रेष्ठ बताउनुहुन्छ ।

गाउँपालिकामा पहिलो पटक माटो परिक्षणकालागी डिजिटल .मिनि ल्याव सन्चालनमा ल्याएपछि कृषकलाई सहज भएको छ । हिजो सम्म माटो परिक्षणकालागी सुरुङ्गा र झुम्का सम्म पुग्नु पर्ने बाध्यता हटेको छ भने माटो अनुसारको वाली लगाउदा पनि कृषकले बढी उत्पादन गरेको कमल गाउँपालिका कृषि विकास शाखाका प्रमुख महेन्द्र बोहोरा बताउनुहुन्छ

कृषि ज्ञानकेन्द्र झापा र गाउँपालिकाको सामान्य सहयोगमा सुरुगरिएको आलु पकेट कार्यक्रम अहिले ब्लकको रुपमा विस्तार भएको छ । कमल गाउँपालिकामा आलु विकासका कार्यक्रमकालागी पुर्वाधार विकासको तयारी पुराहुने अवस्थामा पुगेको र १ सय १९ कृषकलाई ५० प्रतिशत अनुदानमा विभिन्न प्रकारको सहयोग गरेको आई.पि.एम. आलु ब्लक सन्चालन समितीका सचिव टंक कट्टेलले बताउनु भयो

कार्यक्रममा लहरे बालि तर्फ ३० जना, खाध्यन्न वालितर्फ १७ जना, आलु वालि तर्फ ३७ जना जरे बालि तर्फ १७ जना र फलफुल वालि तर्फ ११ जना ले कृषि मेला प्रदर्शनिमा माग लिनु भएको थियो ।
प्रदर्शनिमा भाग लिएका मध्ये प्रत्यक समुह बाट प्रथम, द्वतिय , तृतिय र सान्त्वना गरी दुई दर्जन कृषकलाई पुरस्कृत गरिएको कृषि प्राविधिक प्रोम पोखरेलले जानकारी दिनुभयो ।
कृषि मेला प्रदर्शनिमा १ नम्वर प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव निरु खाहाल (पाण्डे), कृषि माहाशाखा प्रमुख पशुपति ढुङ्गाना लगायतको उपस्थिती रहेको थियो ।