लायन्स क्लप अफ केर्खा द्वारा धिमालको परिवारलाई सहयोग

कमल , माघ २३ ÷ लायन्स क्लप अफ केर्खाले स्वर्गिय गणेश वहादुर धिमालको परिवारलाई सहयोग प्रदान गरेको छ ।

झापाको कमल गाउँपालिका ३ निवासी ६१ वर्षिय स्वर्गिय गणेश वहादुर धिमाल (ठेलावाला धिमाल दाई ) को मृत्यु भएको दोश्रो दिन लायन्स क्लप अफ केर्खा , लियााे क्लव अफ केेर्खाा जाेेन चियर पर्सन लायन विश्वासबाबु कायस्त लागायत लायन प्रेमीहरुको तर्फ बाट १० हजार एकसय रुपैया नगद सहित १५ हजार रुपैया बरावरको खाध्यन्न तथा कपडा मृतक धिमालको परिवारलाई कमल गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष नरप्रसाद दंगाल मार्फत प्रदान गरिएको लायन्स क्लप अफ केर्खाका प्रथम उपाध्यक्ष लायन देबेन्द्र दाहालले जानकारी दिनुभयो ।

२०३९ साल देखी केर्खामा बसोवास गर्दै आउनु भएका धिमालले ठेला चलाएर परिवार पाल्दै आउनु भएको थियो । आर्थिक अवस्था अत्यन्तै न्युन भएका धिमालका श्रीमती सहित ३ छोरा र ४ छोरी छन् । भाडामा बस्दै आउनु भएका धिमाल परिवारलाई थोरै भएपनि रहात पुगोस भन्ने उद्येश्यले लायन माधव गुरागाँई को संयोजन

मा विहीवार राहात प्रदान गरिएको लायन्स क्लप अफ केर्खाले जनाएको छ ।
जहाँ समस्या त्याहाँ सबै भन्दा पहिले लायन भन्ने नाराका साथ स्थापना भएको लायन्स क्लव अफ केर्खाले समाजमा समस्यामा परेका व्याक्ति तथा परिवारलाई विभिन्न सहयोग गर्दै आउने क्रममा धिमाल परिवारलाई सहयोग गरेको लायन्स क्लव अफ केर्खाका अध्यक्ष लायन अग्नि प्रसाद कोईरालाले बताउनुभयो ।