लायन्स तथा लियो क्वलको आयोजनामा केर्खामा रक्तदान कार्यक्रम

कमल,माघ १७÷ लायन्स तथा लियो क्लवको आयोजनामा शनिवार केर्खामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिककार्य गर्दै आएको लायन्स क्लव अफ केर्खा तथा लियो क्लव अफ केर्खा र लायन्स क्लव अफ दमक स्वीटसिटी तथा लियो क्लव अफ दमक स्वीटसिटीको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाईटी दमकको प्राविधिक सहयोगमा केर्खामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो

।
लायन्स क्लव अफ केर्खाका अध्यक्ष अग्नि प्रसाद कोईरालाको अध्यक्षामा भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले लायन्स क्लवले समाज परिबर्तनका लागी गरेको समाजीक कार्यको प्रशंसा गर्नु भएको थियो ।

कार्यक्रममा विशेष अतिथी एन.एल.एम चिफ अजय अग्रवाल, चियर पर्सन विश्वस बाबु काश्यप , कमल उद्योग वाणिज्य संघका अध्यक्ष उमाना भण्डारी, केर्खा बजार व्यवस्थापन समितीका अध्यक्ष अमल श्रेष्ठ ,स्थानिय संध सस्थाका प्रतिनिधी लगायतको उपस्थितीमा रक्तदान कार्यक्रा सम्पन्न भएको थियो ।

कार्यक्रमा ४९ जना पुरुष र ११ जना महिला गरी जम्मा ६० जनाले रक्तदान गर्नुभएको लायन्स क्लव अफ केखाका सचिव लेखनाथ सुवेदीले जानकारी दिनुभयो ।