चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा ः शान्ता कुमार राई

उमानाथ भण्डारी

कमल , पुस ०७ ÷ चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा शान्ताकुमार राई विजयी हुनुभएको छ ।
झापाको कमल गाउँपालिका वडा ५ पाडाजुंगीस्थित मुख्य कार्यलय रहेको सहकारी संस्थाको आगामी कार्यकालमा लागी सम्पन्न निर्वाचनमा राई विजयी हुनुभएको हो ।
पछिल्लो मत परिणाम अनुसार राईले २ सय ४९ मत प्राप्तगरी विजयी हुनुभयो भने वहाँ प्रत्यासी बालकृष्ण गौतमले ८४ मत प्राप्त गरी उपविजेत हुनुभएको निर्वाचन समितीले जनाएको छ ।
त्यसैगरी सचिवमा सञ्जयकुमार कुमालले २ सय २१ मत ल्याएर विजयी हुनुभयो भने उनका प्रतिद्धन्द्धी सुखराज लिम्बुले १ सय १० मत प्राप्तगरी उपविजेता हुनुभएको निर्वाचन समितिका संयोजक जीवराज भट्टराईले जानकारी दिनुभयो ।
सञ्चालक समितिको उपाध्यक्षमा उषा भण्डारी , सहसचिवमा विनय श्रेष्ठ , कोषाध्यक्षमा रोशन दाहाल र लेखा समिति संयोजकमा प्रेम दुलाल निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितीले जनाएको छ ।
त्यसैगरी सञ्चालक समिति सदस्यहरुमा कविता गुरुङ १ सय ८६ , ओमकुमार प्रधान १ सय ८३, चन्द्रबहादुर कार्की १ सय ६९, पिताम्बर खडका २ सय २ , रणबहादुर बराइली १ सय ७५ , भक्तबहादुर काकी १ सय ७३ तथा लेखा सदस्यमा रेवत गुरुङ १ सय ८० र सुनिल थापा १ सय ४८ मत प्राप्त गरी निर्वाचित हुनुभएका निर्वाचन समितिका संयोजक भट्टराईले बताउनुभयो ।
३ सय ७२ जना शेयर सदस्य रहेको संस्थाको निर्वाचनमा ३ सय ३८ मत खसेको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker