सिमीत श्रोत, साधन र जनशक्तिका बिच दमक प्रहरी अपराध न्युनिकरण गरि समाजमा शान्ति सुरक्ष राख्न सफल

उमानाथ भण्डारी

कमल , मंसिर २७ ÷ ईलाका प्रहरी कार्यलय दमकले पत्रकार सम्मेलनगरी कार्यकालले गरेका उपलब्धिकका बारेमा जानकारी गराएको छ ।
आईतवार कार्यलयमा प्रत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी आफ्नो १५ महिने वसाईमा ईलाका प्रहरी कार्यलय दमक बाट भएका उपलब्धिका बारेमा प्रहरी नायव उपरिक्षक( डिएसपी ) विजयराज पण्डितले जानकारी गराउनु भएको हो ।
कार्यलयले गरेको मुख्य उपलब्धि अन्तरगत ५ सय ६९ दशमलव ३१ ग्राम ३१ मिलिग्राम व्राउन सुगर बरामदगरी अनुसन्धान पछि जिल्ला अदालत झापामा बुझाएको । सरकारी छाप र किर्ते दस्तखत गरी सरकारी जग्गा व्याक्तिकोमा नामसमरी गर्ने व्याक्तिलाई जिल्ला अदालत झापामा बुझाएको , अवैध हतिया, मान बेचबिखन तथा ओसार पसार कर्तव्य ज्यान संग सम्बन्धित व्याक्तिलाई समेत अनुशन्धान पछि अदालतमा बुझाएको कार्यलयले जनाएको छ ।
त्यसैगरी यो १५ महिनाको अवधीमा जम्मा दुईसय १६ मुद्धा दर्ता भएका छन् । जसमध्ये एकसय ३४ मुद्धा फछ्र्यौट भईसकेको छ । फछ्र्यौट भएका मुद्धामध्ये दुईसय ४५ पुरुष र १३ जना महिला हुनुहुन्छ भने ८२ मुद्धा फछ्र्यौट हुन बाँकि रहेको डिएसपी पण्डितले जानकारी गराउनु भयो ।
विभिन्न समयमा अवैधरुपम भन्सार छलिगरेर ल्याएको ७९ हजार ९८ रुपैया मुल्य बराबरको चाँदी, २० हजार मुल्यको थान कपडा, १ लाख ५८ हजार स्पैया बो सुर्ति, विडी र १ सय ७५ क्युफिट काठ र मे १ त २३७८ नम्वर को ट्याक्कटर बरामद गरी भन्सार बुझाएको कार्यलयले जनाएको छ ।
मोटर साईकल चोरीका ५८ वटा निवेदन परेका मध्ये ७ वटा मोटरसाईकल फेलापारी कारवाही चलाएको , ८ वटा मोटरसार्यकल सम्कन्धित व्याक्तिलाई बुझाउको र १४ वटा मोटर सार्यकल फेलापारे पनि धनि एकिन नभएको डिएसपी पण्डितले जानकारी गराउनु भएको हो ।
लकडाउन उल्लघङ्गन गर्ने सवारी साधन मध्ये चार पाङग्रे १३ थान, दुई पाङग्रे २ सय १५ थान सिट र अटो २७ थान लाई नियन्त्रणमा लिएर कार्वाही गरिएको जानाईएको छ ।
शान्ति सुरक्षामा देखीएका समस्या र चुनौती, अपराध अनुसन्धानमा देखिएका समस्या र चुनौती, फरार प्रतिवादी पक्राउ,सामुदायकि प्रहरी साझेदारी कार्यक्रम, सडक वालवालिकाको उद्धार, लक डाउन कार्यान्वयनमा गरेका महत्वपुर्ण कार्यक्रम लगायतका वारेमा समेत पत्रकार भेटघाट कार्यक्रममा जनाकारी गराईएको थियो ।
सिमीत श्रोत, साधन र जनशक्तिका बिच पनि दमक प्रहरीले अपराध न्युनिकरण गरी समाजमा शान्ति सुरक्ष राख्न सफल भएको छ । प्रहरी लाई यो सफला दिनाउनमा भुमिका निर्वाहा गर्ने सम्पुण पत्रकार, राजनितीदलका नेता, व्यावसायी लगायतलाई समेत डिएसपी पण्डितले धन्यवाद दिनु भएको थियो ।
१५ महिना अगाडी ईलाका प्रहरी कार्यलय दमकमा आउनु भएका प्रहरी नायव उपरिक्षक( डिएसपी ) विजयराज पण्डित सरुवा भएर गण्डकी प्रदेश को प्रहरी तालिम केन्द्र जादैहुनुहुन्छ भने अक्तियार अनुशन्धान आयोगमा कार्यरत डिएसपी नवराज कार्कि दमकमा सरुवा भएर आउनु हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker